
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर
युरोपियन युरो एकको खरिददर १६० रुपैयाँ १२ पैसा र बिक्रीदर १६० रुपैयाँ ८२ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८५ रुपैयाँ २० पैसा र बिक्रीदर १८६ रुपैयाँ ०१ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १७१ रुपैयाँ ९७ पैसा र बिक्रीदर १७२ रुपैयाँ ७२ पैसा कायम गरिएको छ ।
गृहमन्त्री लेखकद्वारा निर्माणाधीन गृह मन्त्रालय भवनको निरीक्षण
गृहमन्त्री रमेश लेखकले निर्माणाधीन गृह मन्त्रालयको भवनको निरीक्षण गरेका छन् ।
५५ जना भन्दा बढीको आँखाको शल्यक्रिया
ताप्लेजुङको फुङलिङमा जारी शल्यक्रिया सहितको तीन दिने निःशुल्क आँखा शिविरको दोस्रो दिन सम्ममा झण्डै ५ सय जनाले आँखाको परीक्षण गराएका छन्।
नगर प्रहरी कुट्ने जनप्रतिनिधिलाई कारवाही गर्न कांग्रेसको माग
नेपाली कांग्रेसले महानगर प्रहरी कुट्ने जनप्रतिनिधिलाई कारवाही गर्न माग गरेको छ। कांग्रेस पोखरा महानगर समितिले मंगलबार विज्ञप्ती निकाल्दै सुरक्षाका लागि ड्यूटीमा खटिएका महानगर प्रहरीमाथि कुटपिट गर्ने जनप्रतिनिधिलाई कारवाही गर्न माग गरेको हो।
दुई पटक बगाएकै ठाउँमै बेलिब्रिज बनाउने तयारी
डिभिजन कार्यालयले तोकेको ठाउँमा फेरि पनि जोखिम भने कायमै छ। पहिला २ पटकसम्म पुल बगाएकै स्थानमा फेरि पनि त्यस्ता संरचना थप्दा झनै समस्या हुने देखिएको छ।
हुम्लामा अज्ञात रोगका कारण मर्न थाले पशु चौपाया
अज्ञात रोगका कारण यहाँका गाउँगाउँमा पशु चौपाया मर्न थालेका छन्। केही दिनदेखि डाँडाफयाँ, थाया, जबुकालगायतका गाउँमा अज्ञात रोगले पशु चौपाया मर्न थालेका हुन्।
दश हजार किशोरीलाई आत्मरक्षाको तालिम दिँदै वीरगञ्ज महानगर
वीरगञ्ज महानगरपालिकाले एकैपटक १० हजार भन्दा बढी किशोरीहरुलाई आत्मरक्षाका लागि तालिम दिने भएको छ।
नेपालको विकास प्रयासमा अष्ट्रेलियाले सघाउने
उद्योग,वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीसँग नेपालका लागि अष्ट्रेलियाका राजदूत लियान जोन्स्टनले शिष्टाचार भेट गरेका छन् ।