coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

नेपाली क्रिकेट टोली प्रशिक्षकबिहीन

क्रिकेट टोलीमा दोस्रो पटक कार्यकाल सम्हाल्न आएका प्रशिक्षक पुबुदु दाशानायकेले राजीनामा दिएपछि अहिले नेपाली क्रिकेट टोली प्रशिक्षकबिहीन भएको छ। नेपाल क्रिकेट संघ (क्यान) प्रशिक्षकको खोजीमा छ। तत्कालका लागि कुनैपनि प्रतियोगिता नभएको अवस्थामा टोलीको अभ्यास अन्योल नै छ। खेलसँगै प्रशिक्षकको प्रशिक्षण अवधिमा पनि अस्थिरता देखिन थालेको छ। 

प्रशिक्षक खोज्न ढिलो भएको भन्दै आलोचना पनि सुरु भइरहेको अवस्थामा क्यानले नियुक्तिका लागि प्रारम्भिक कार्य थालेको बताएको छ। उनले राष्ट्रिय क्रिकेट टोलीमा गुट, उपगुट र विवाद भएको अवस्थामा ७ महिनापछि  राजीनामा दिएका हुन्। उनको राजीनामासँगै अहिले नेपाली राष्ट्रिय क्रिकेट टोली प्रशिक्षकबिहीन भएको छ। नेपाली टोलीको अस्थिर प्रदर्शनसँगै प्रशिक्षको कार्यकाल पनि अस्थीर हुन थालेको हो। 

पहिलो कार्यकालमा नेपाली क्रिकेटलाई सफलताको उचाइमा पुर्‍याएका प्रशिक्षक पुबुदुबाट सोही अपेक्षाका साथ दोस्रो पटक नेपाल क्रिकेट संघ (क्यान) ले नियुक्त गरेको थियो। तर पुबुदुमाथिको भरोसा उनको राजीनामासँगै सकियो। टोलीबाट स्थीर प्रदर्शनको अपेक्षा राखिए पनि त्यो हुन सकेन। टोलीको प्रदर्शन ठीक उल्टो हुँदै गयो। विश्व क्रिकेट लिग–२ को भ्रमणमा नेपाली टोलीले उपलब्धी निकाल्न सकेन। अपेक्षा गरिएका खेलाडीले राम्रो प्रदर्शन गर्न सकेनन् र स्वदेश फर्किएपछि पुबुदुले राजीनामाको घोषणा गरे। 

राजीनामा दिन आयोजित कार्यक्रममा पुबुदुले टोलीमा गुट,उपगुट भएको संकेत छोडेका छन्। पुबुदुको बहिर्गमनसँगै क्यान अहिले नयाँ प्रशिक्षकको खोजीमा रहेको क्यानका कार्यवाहक सचिव प्रशान्तविक्रम मल्ले बताए। क्यानले विदेशी प्रशिक्षकहरुसँग सम्पर्क गरिरहेको र राम्रो प्रशिक्षक छिट्टै नियुक्त गर्ने मल्लले बताएका छन्। साथै उनले क्यानको सम्पर्कमा विश्वका नाम चलेका प्रशिक्षक पनि रहेको बताए।

उनले भनेका छन्, ‘आन्तरिक प्रक्रियाबाट पनि प्रशिक्षक नियुक्त गर्न सकिन्छ। सूचना ननिकालि पनि प्रशिक्षका ल्याउन सकिन्छ। हामीले खोज्ने भनेको बेस्ट कोच हो। जसले नेपाली क्रिकेटलाई राम्रोसँग ह्यान्डल गर्न सकोस्। टोलीमा प्रदर्शनको आधारमा केही कठिनाइ पनि छन्, त्यसलाई समाधान गर्ने प्रशिक्षकको खोजिमा छौं। अहिले हामीसँग विश्वका नाम चलेको प्रशिक्षक पनि छन्। हामीलाई काम गर्नसक्ने, टोलीलाई अगाडि बढाउन सक्ने, टोलीलाई लामो समय दिनसक्ने प्रशिक्षक खाँचो छ। छिट्टै नयाँ प्रशिक्षक नेपाली क्रिकेटले पाउँदैछ। शुभसमाचार नेपाल क्रिकेटले छिट्टै पाउँछ।’

प्रकाशित: १८ श्रावण २०७९ ०८:२४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App