स्वार्थी व्यवहार मान्छेको बनावटी बोली
घामसरी चम्कुँ भन्थेँ तर भएछु म यहाँ पागल ,दुनियाँ मलाई पागल भन्छ म भन्छु यो दुनियाँ पागल रुन– हाँस्न सक्दिनँँ यहाँ मन पूरै खोली, स्वार्थी व्यवहार मान्छेको बनावटी बोली ।
घामसरी चम्कुँ भन्थेँ तर भएछु म यहाँ पागल ,दुनियाँ मलाई पागल भन्छ म भन्छु यो दुनियाँ पागल रुन– हाँस्न सक्दिनँँ यहाँ मन पूरै खोली, स्वार्थी व्यवहार मान्छेको बनावटी बोली ।
एक्लै बस्दा एक्लै हिँड्दा सधैं याद आउने, जति पीडा भए पनि मन चै त्यतै धाउने। न त तिमी आफ्नो हुने न त भुल्न सक्ने, तिम्रो सम्झनामा अब दिन बिताई बस्ने । खाएकी थियौ कसम तिम्ले सँगै जिउने मर्ने, कसम तोडी तिमी गयौ मैले खै के भन्ने ।
आखिर जानु नै थियो । बुवाआमालाई कुनै मान्छेले यसो अलिकति ठाउँ छोडिदिए । हामी अरू भने उभिएरै त्यो बाटो बसमा यात्रा गर्न थाल्यौँ । अलि वादविवाद गर्न थाल्यो भने आमा भन्नुहुन्थ्यो – हामी तीर्थमा हिँडेका मान्छेले झगडा गर्न हुँदैन बाबु । भो छोड्देऊ ।
कलकत्तामा ५–६ वटा गीत रेकर्ड गराउँछु भनेर जाँदा उनले गोपाल योञ्जनको ‘मायालु हजार हुन्छन् तर माया एउटै हुन्छ, बुझेर माया देऊ’ गाएका थिए। यो गीतको रेकर्ड सकेर बाहिर आउँदा गीतका संगीतकार र रचनाकार गोपाल योञ्जन धुरुधुरु रोइरहेको देखेर आफू पनि उनीसँगै रोएको पुरानो कुरा सम्झेर दुःखी भएका थिए।
सन् १९६२ मा भएको चारवटा एकल कला प्रदर्शनीलाई विशेष रूपमा लिनुपर्ने हुन्छ । किनकि यहीँबाट एकल कला प्रदर्शनी गर्ने लहड चलेको देखिन्छ । सम्भवतः यहीँबाट हरेक कलाकारले एकल कला प्रदर्शनी गर्नैपर्छ भन्ने एक संस्कार पनि बसेको देखिन्छ । यी चार कलाकारमा लैनसिंह बाङदेल, उत्तम नेपाली, उर्मिला गर्ग उपाध्याय र विजय थापा थिए ।
लासमा कोरोना नेगेटिभ देखियो । पोष्टमार्टमको रिपोर्टमा आमाशयमा अन्नको चिन्ह समेत देखिएन । लामो समयसम्म खान नपाएकाले हृदयगति बन्द भई मृत्यु भएको लेखिएको थियो।
घिउदूध बेचेर पैसा जुटाई यसैमा, नयाँ लुगा किन्ने रे अब आउने दसैँमा ।पैसा राख्नै बिर्सेछन् झन्नै बाले भुसुक्क,जुँगा तानिन् आमाले थैली हाँस्यो मुसुक्क ।
ध्वनि सम्प्रदायले ध्वनिलाई रसध्वनि, वस्तुध्वनि र अलंकार ध्वनिमा विभाजन गरेर ध्वनिको गहिराइसम्म पुग्ने प्रयास गरेको देखिन्छ। काव्यशास्त्रमा व्याख्या गरिएको ध्वनिसँग आवाजको कुनै तादात्म्यता वा सम्बन्ध छैन। यो त काव्यको भित्री गुण वा व्यंग्यार्थसँग अन्तर्निहित तत्व मानिन्छ, जुन रसको माध्यमबाट ध्वनिस्वादन या आत्मस्वादन गर्न सकिन्छ।
पिताजीको बाल्यावस्था र किशोरावस्थाको जीवनशैली रामकृष्ण परमहंससँग मिल्दोजुल्दो छ। यो मिल्नु एउटा संयोग मात्र हो। त्यतिबेला पिताजीसँग रामकृष्ण परमहंसलाई सुन्ने, पढ्ने र जान्ने माध्यम थिएन। तर, पिताजीको युवावस्थाको जीवनदर्शन रामकृष्ण परमहंससँग मिल्नु संयोग मात्र नभई आर्जित प्रभाव हुन सक्छ।
दोलखा जिल्लाको कालिञ्चोक गाउँमा रहेको कालिञ्चोक भगवती मन्दिर धार्मिक, प्राकृतिक दृष्टिकोणले महत्वपूर्ण छ। विशेषगरी पुस, माघ र फागुनमा हिउँपर्ने भएकाले कालिञ्चोकको सौन्दर्य थप मनोरम बन्छ। यहाँको प्राकृतिक रमणीय दृश्यले जो–कोहीलाई मन्त्रमुग्ध बनाउँछ।
दाम्पत्य जीवनको करिब २६ वर्ष। अनि भोलि जन्म दिन पनि। एक्लै मनाउँदैछु। त्यो पनि डेरामा। अरूले हैन, आफैँले आफैँलाई अनमोल उपहार दिने तयारीमा छु– झुट, धोका र आडम्बर तोड्ने अनि आफूप्रतिको विश्वास र आस्थासँग रमाउने। मैले यसो गर्नै छ, किनकि फेरि यो धर्तीमा एकपटक जन्मनु छ। छुट्टै पहिचान बनाउनु छ।
सही शब्द र समयमा गरिएका प्रस्तुति कति शक्तिशाली हुन्छन् भन्ने उदाहरण धेरै छन् । सन् २०१९ को सेप्टेम्बरमा विश्वका प्रमुख नेता सहभागी रहेको जलवायुसम्बन्धी एक सम्मेलनमा स्विडेनकी जलवायु कार्यकर्ता ग्रेटा थुनवर्गले वाहवाही पाइन् ।
जिल्लाको साहित्यिक इतिहास र यहाँका साहित्यकारको बारेमा अब एउटै पुस्तकमा पढन् पाइने भएको छ । साहित्यकार तथा पत्रकार डा.देवी क्षेत्री दुलालको ‘इलामको साहित्यिक इतिहास’ पुस्तक सदरमुकाममा विमोचन गरिएको हो ।
कोरोना कसरी बढेर जगमा मान्छे निशाना भयो कस्तो रोग विषाक्त भो जगतमा आँधी बनी फैलियो राजा रङ्क सबै समान उसले कोही नछोड्ने भयो मीठो स्वाद लिई चपाई कहिल्यै आँसु नझार्ने छ यो।
मेरो लोग्नेलाई कहिल्यै फुर्सद हुँदैन । प्रायः विदेशमै हुन्छ । घरमै भए पनि मलाई सन्तुष्ट पार्न सक्दैन । म सधैं अधुरो र अतृप्त रहन्छु । रात परेपछि खोल्नुपर्ने लुगा झन् पूरै लगाएर पो ओछ्यानमा आउने गर्छ । त्यो मेरो लोग्ने भनाउँदो सारै चिसो, नामर्द । म रातभर छटपटिने गर्छु, बुझ्यौ ? तिमी बेलाबेलामा म कहाँ आउने गर है ? त्यो असत्तीले मेरो जीवन नर्क बनायो । यस्तो जवानीमा कति तड्पिएर बस्नु ?
आफू सेनाको जागिरे भइञ्जेल उनी हातमा बन्दुक र हृदयभरि कविता बोकेर अत्यासपूर्ण जीवन बाँचे ।साठीको दशक नेपालभरि सशस्त्र जनयुद्धको आगो दन्किएको थियो । युद्धले आक्रान्त देशको कुनै कुना सुरक्षित थिएन । कवि टीबी त्यो समयकाललाई स्मरण गर्दै बोल्छन् ‘ऊ बेला मर्नु डर लाग्दैनाथ्यो, बरु मार्नु डर लाग्थ्यो ।’
एउटाले सीता कतै गएकी होला, आइहाल्छे किन चिन्ता गर्ने अनाहकमा भने ।अर्कोले खोज जारी राख्नपर्छ भेटिहाल्छ नि भने । अर्कोले माइत पो गई कि भन्ने शंका व्यक्त गरे। एउटाले त सीता आफूखुशी गएकी होला । उनलाई पनि कतै जाने हक छ । त्यसैले खोज्नु बेकार छ भनेर तर्क राखे ।अन्तमा एउटाले सल्लाह दियो – रामले हराएको सीतालाई कुरेर बस्ने होइन । अर्को सीता खोजेर बिहे गर्नुपर्छ ।
मोतीको माला चुँडिएर छरपष्ट भई छरिएजस्तो अक्षरहरू पढ्न नजान्ने अबोध बालकजस्तै म कति निरीह र विवश छु नियतिको फन्दामा परेको मेरा जीवनका पाइलाहरू निरुत्तर बढिरहेका छन् उद्देश्यविहीन यात्रा थाहा छैन कहाँ पुग्छु म कहिलेसम्म एक्लै हिँड्नु सहयात्री पनि त छैनन् तैपनि म बाटो खोजिरहेकी छु उद्देश्य त धेरै टाढा छ ।
जीवनलाई हिडाउन धेरै कार्यहरू गरयो । अर्काको काम गरयो । सडकमा कपडा बेच्यो वा जे गर्दा जीवन गुजारा गर्न सकिन्थ्यो ती सबै गरयो । जुन कानुनका दृष्टिले गर्न पाइने कार्यहरू थिए । अभावै अभावमा नभए पनि राम्रो खाएर तर तनाव सहँदासहँदै लाग्यो डलर कमाउने एनजिओ खेतीमा, परिणाम सुरुमा राउटेलाई खेती के थाहा ? ऊ त्यसरी नै फस्यो ।
आज हाम्रा राष्ट्रकवि सशरीर हाम्रोसामु हुनुहन्न । तापनि उहाँले नेपाली भाषा साहित्यको श्रीवृद्धिमा पुरयाउनुभएको योगदान, आफूभन्दा पछिल्लो पुस्ताका साहित्यकारहरूलाई दिनुभएको प्रेरणा, हौसला, स्नेहले गर्दा उहाँ अमर हुनुहुन्छ । सधैं हामीसंगै भएको आभास भइरहनेछ । जब मेरा आँखाहरू राष्ट्रकविसँगै पुरस्कृत हुँदा प्राप्त गरेको ताम्रपत्रमा पर्नेछन् तब त्यो स्वार्णिम अविस्मरणीय पलको याद भइरहने छ । राष्ट्रकविको आत्माको चिर शान्तिको कामनासहित हार्दिक श्रद्धासुमन अर्पण गर्दछु ।