गायिका ज्योति मगरले गगन थापा र योगेश भट्टराईप्रति व्यङ्ग्य गरेकी छिन्।
ज्योतिले गगन र योगेशले मिलेर अर्को पार्टी खोल्दा कसो होला भन्दै व्यङ्ग्य गरेकी हुन्। उनले अध्यक्ष गगन थापा, महासचिव योगेश भट्टराई बाँकी पदाधिकारी थप्दै जाउँ भन्दै व्यङ्ग्य गरिन्।
'यी पढे लेखेका मूर्खहरू देशको चिन्ताभन्दा नि पार्टीको अध्यक्षतामा देउवा र ओली भाकोमा बर्ता चिन्ता गर्छन्,' उनी सामाजिक सञ्जालमा लेख्छिन्, 'एउटा कार्यक्रममा त गगन थापा, योगेश भट्टराई र रामकुमारी झाँक्री हामी तीन जना नै एम.सि.सि.वादी हो भनेर हास्दै थिए... यी न कांग्रेसवादी न एमालेवादी न जनवादी न राजावादी यिनीहरू मलाई औसरवादी लाग्छन्... छुचो मुख छ फेरि गाली खाइने हो...।'
प्रकाशित: २९ कार्तिक २०८२ ०७:३४ शनिबार





