मेरो फूलबारी
मेरो घरमा धेरै गमलाहरू छन्। घरको छतमा गमलाहरू मिलाएर राखिएको छ। ती गमलाहरूमा धेरै फूलहरू छन्। केहीमा तरकारी रोपिएको छ।
मेरो घरमा धेरै गमलाहरू छन्। घरको छतमा गमलाहरू मिलाएर राखिएको छ। ती गमलाहरूमा धेरै फूलहरू छन्। केहीमा तरकारी रोपिएको छ।
हामी बुढानिलकण्ठको नारायण मन्दिर पुग्दा टिसर्ट वितरण भइरहेको थियो। बाबाले पनि दुई ओटा टिसर्ट लिनुभयो। ठूलो भएकोले मैलेचाहिँ टिसर्ट लगाइनँ।
‘आमाआमा, मेरो त खेल्ने साथी पनि कोही छैन।’ पप्पीले आमासँग गनगन ग-यो। आमाले भनिन्, ‘खेल्नलाई किन साथी चाहियो र ? एक्लै खेल न।’ पप्पी आमाको कुरा सुनेर यताबाट उता, उताबाट यता खुर्र दौडियो। भुईंमा मडारियो तर अहँ उसलाई रमाइलो नै लागेन।
तनहुँको सबैभन्दा अग्लो डाँडामा बसेकी छिम्केश्वरी (२,१५० मिटर) दर्शनले मनोकांक्षा पुरा हुने जनविश्वास छ। प्रकृतिप्रेमिका लागि त छिम्केश्वरी भुस्वर्गै मानिन्छ। डाँडामा उभिँदा भुइँकुहिरोमाथि सर्लकक्क खुलेका हिमाल आँखैमा टाँसिन्छन्।
भाइबहिनी हो, हामी धेरै नेपालीहरूले मनाउँदै आएको चाड दसैं हाम्रो घरघरमा भित्रिसकेको छ। तपाईंहरूमध्ये कोही सहरमै हुनुहुन्छ होला। कोही गाउँमा जाँदै हुनुहोला। धेरै जना त गाउँमा पुगिसक्नुभयो होला। हजुरबाहजुरआमालाई भेटेर हालखबर सोध्नुभयो होला।
आश्विन महिनाको शुक्ल प्रतिपदाका दिन घटस्थापना व्रतसँगै नवरात्र आरम्भ भइसकेपछि शक्तिस्वरुपादेवी शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायिनी, कालरात्रि, महागौरी, सिद्धिदातृका साथ चण्डीपाठ हुन्छ। नवदुर्गाको पूजा गर्दै महाकाली, महालक्ष्मी र महासरस्वती समेतको पनि विशेष पूजाआजा र आराधना सुरु भइसकेको छ।
यस पालिको दसैंमा व्यायाम गर्ने, खेल खेल्ने र बिरामीको उपचार गर्ने मनमोहन कार्डिया थोरासिक, भास्कुलर एण्ड ट्रान्सपलान्ट सेन्टरका बरिष्ठ मुटुरोग विशेषज्ञ डा.भगवान कोइरालाको योजना छ।
धेरै वर्षपछि दसैं मनाउन दीपा र दीपक बुबा आमासँगै गाउँ जाने निधो गरे। उनीहरू ४ र ५ कक्षाका लगनशील विद्यार्थी हुन्। सहरमा दसैं मनाएको त राम्रो अनुभव छ। तर गाउँको दसैं के कस्तो हुन्छ ? कसरी मनाउँछन् ? उनीहरूलाई खुल्दुली लागिरहेको थियो।
ग्रिन टीले मस्तिष्कको गतिविधिमा पनि प्रभाव पार्छ ः ग्रिन टी नियमित सेवन गर्नाले मस्तिष्कको प्रक्रियामा अल्जाइमर र अल्जाइमरको रोकथाम गर्छ।
पोलेको मासु झनै हानिकारक छ। पोलेको मासुमा क्यान्सर उत्पादन गर्ने तŒव कार्सिजेनिक हुन्छ भने मासु र मदिरा मिलेमा पाचन प्रणालीमा असर पु-याउँछ।
६ दशकअघि दशैँ छेक कलाकार मदनकृष्ण श्रेष्ठ पिङ बाट्नका लागि बाबियो बटुल्न हिँडिरहेका हुन्थे। हातमा चंगा लिएर राजधानीको उत्तर–पश्चिमस्थित जितपुरफेदीका धान खेतको आली–आली ‘चंगा चेट’ भन्दै कुदिरहन्थे। अथवा, खल्तीको दक्षिणा भुइँमा राखेर गन्दै गरेका हुन्थे।
जब प्रज्ञा प्राप्त हुन्छ, सबै कुराको प्राप्ति हुन्छ, अर्थात् प्राणीमा भएको क्लेश स्वतः क्षय हुन्छ। फेरिफेरि जन्मनुपर्ने कारणबाट छुटकारा पाउँछ। यसर्थ रोगी हुनुनपर्ने, वृद्ध हुनुनपर्ने र मर्नुनपर्ने ज्ञानको खोजमा गौतम बुद्ध सफल भएकै हुन्।
फूलपाती सकिएपछि बुवाले माइलो बुवासँग सोध्नुभएछ, ‘बबु नहुँदा नरमाइलो भयो, के गर्ने ?’ माइलोबुवा यस्ता कुरामा असाध्यै कडा, भान्सामा चप्पल लगाएर बनाएको खाना अहिले पनि खानुहुन्न। तर उहाँले मलाई असाध्यै माया गर्नुहुन्थ्यो। उहाँले भन्नुभएछ, ‘केही हुन्न, तीन दिन भइसक्यो, भोलि बोलाउनू।’
जब मालश्री धुन बज्छ, तब मलाई दशैँ आएको अनुभव हुन्छ। बाल्यकालमा बिताएको दशैँको स्मरणलाई ताजा बनाइदिन्छ। मेरो मनमा भावुकताको सवार हुन्छ र अतीतमा हराउन पुग्छु। मालश्री धुन मेरो अतीतको आलाप बनेको छ।
तिथिमिति मिल्ने भएकाले धेरैले दशैँ र मोहनी नखःलाई एउटै चाड भन्ठान्छन्, तर होइन। दशैँ मनाउने गैरनेवारले नेवारले दशैँ मनाउँछन् भन्ने बुझिरहेका हुन सक्छन्, खासमा यस्तो पनि होइन। नेवारले मोहनी नखः नै मनाउने हुन्। दशैँ र मोहनी फरक चाड हुन्, यी दुवै मनाउने विधि र प्रक्रिया फरक छन्।
संसारमा सबै मानव समुदायको आ–आफ्नो चाड हुन्छ र मनाउँछन् । नेपालमा जातीय, भाषिक, धार्मिक, सांस्कृतिक, लैंगिक र क्षेत्रगत विधिवता भएकोले चाडपर्वमा पनि विविधता छ । नेपालमा ठूलो संख्याको जनसमुदायले मनाउने दसैंं तिहार, विश्वकर्मा पूजा, छठ, मोहनी, ल्होछार, चासोक तङनाम, साकेला, माघी, भूमि पूजा, करमलगायत छन् भने सानो जनसंख्याले मनाउन यार्तुङ, तोरंग्ल्ह, बरमथान पूजा, करम पूजालगायतका चाड पर्वहरु छन् ।
मिथिलाञ्चलमा वर्षमा वटा वनरात्रा मनाइन्छ । आषाढ शुक्ल, आश्विन शुक्ल, माघशुक्ल र चैत्र शुक्ल गरी चारवटा नवरात्र मनाइन्छ । यीमध्ये अश्विन शुक्ल नवरात्रा विश्वभरका हिन्दु धर्मावलम्बिहरु निष्ठा एवं उल्लासका साथ मनाउने गर्छन् । चैत्र शुक्ल र आश्विन शुक्लपक्षको नवरात्रा मिथिलाञ्चलमा धुमधामका साथ मनाइन्छ । जसमा श्रद्धालुहरु शक्तिको आराधना गर्ने गर्दछन् । आषाढ शुक्ल र माघ शुक्लपक्षका तिथिहरुलाई ‘गुप्त नवरात्र’ भनिन्छ । यी नवरात्र साधकहरूका लागि उपयोगी मानिन्छन् ।
हरेक चाडपर्वको छुट्टाछुट्टै विशेषता हुन्छ । धर्मअनुसार चाडपर्व फरक भएजस्तै चाडपर्वको मूल मर्म पनि फरक हुन्छ । हिन्दूहरुको सबैभन्दा ठूलो चाडको रुपमा दशैंलाई लिइन्छ । दोस्रोमा तिहार छ । दशैँ र तिहार मनाउनुको धार्मिक कारण फरक छ । दशैं शक्ति बढाउने पर्व हो भने तिहार साहस, प्रेम र भाइचाराको सम्बन्धका लागि हो ।
असोज आउदा आउदै ‘भदैया’ (वर्षे) धान घरमा भित्रिसकेको हुन्छ । अगहनी (मंसिरमा हुने) मुख्य बाली धानको रोपाइँदेखि ‘सोहनी’ (गोडलेम) सम्म सकिसकेको हुन्छ । सावादेखि डेढ महिनापछि मात्र फेरि कटाइको चटारो आउने वाला हुन्छ । यस बीचको समय जीवनमा उत्सव र उमंगका लागि, रमाइलो र खुसियाली साटासाटका लागि सदुपयोग गर्ने परम्परागत सामाजिक व्यवस्था छ, मधेस तराईमा ।
चाडपर्व तथा उत्सव भन्नेबिक्तिकै खानपानको कुरा आउँछ । मिठो–मसिनो खानपान गरेर चाडपर्वको उमंगमा रमाउनु नेपालीको विशेषता हो ।
दसैं नेपालीको मौलिक पर्व हो । दसैंको मौलिक धार्मिक तथा आध्यात्मिक पक्ष बिस्तारै ओझेलमा पर्दै जान थालेको प्रति संस्कृतिविद् चिन्तित देखिएका छन् । दसैंको सामाजिक तथा सांस्कृतिक महत्व छँदै छ । दसैं धार्मिक तथा आध्यात्मिक पर्व भएकाले उत्सवसँगै यसको धार्मिक तथा आध्यात्मिक पक्षलाई पनि सँगै लैजानुपर्ने उनीहरुको सुझाव छ ।
शीर्षक पढ्दा अचम्म लाग्यो होला तर अचम्म नमान्नुस् । यसो हेर्दा सबैलाई हाँसो पनि उठ्न सक्छ । शुरुमा जब मैले यो शीर्षक सोचेँ, एक हिसाबले हाँसो पनि उठ्यो तर गहिरिँदै गएँ र घोत्लिन थालेँ, दसैँलाई यादगार बनाउने हो भने सबैले इन्टरनेटलाई बन्द गर्नुपर्छ भन्नेमा म पक्का हुँदै जान थालेँ ।
लामो समयदेखि सुदूरपश्चिमको लोक गायनमा समर्पित विष्टको योगदानको कदर गर्दै सम्मानित गरिएको अस्पतालका अध्यक्ष डा. राजेन्द्र भट्टले बताए। बिष्ट ‘हाइ तेरा घोप्टे जुँगा तन तेरा घोप्टे जुँगा’ जस्ता चर्चित डेउडा गीतका गायक हुन्।