१९ चैत्र २०८१ मंगलबार
image/svg+xml १५:१४ अपराह्न
अन्य

कोटेश्वरबाट चोरीका मोबाइल, ल्यापटपसहित ७ जना पक्राउ

भक्तपुरको ठिमीबाट कोटेश्वर आउने क्रममा सार्वजनिक बसमा सवार यात्रुको मोबाइल चोरी गरेको सूचनाका आधारमा प्रहरीले ७ जनालाई नियन्त्रणमा लिएको छ। बिहीबार बेलुका कोटेश्वर चोक नजिकबाट पाकेटमारी गरी भाग्ने क्रममा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो।  

प्रारम्भिक अनुसन्धानमा पक्राउ परेकाहरूले चोरीका मोबाइल भक्तपुर जगातीस्थित सरोज मोबाइल रिपेयरिङ सेन्टरमा बेच्ने गरेको खुलेको छ। 

उक्त रिपेयरिङ सेन्टरमा खानतलासी गर्दा लुकाइछिपाइ राखिएको अवस्थामा विभिन्न कम्पनीका २७१ मोबाइल, ९ ट्याब र १५ ल्यापटप बरामद भएको छ। रिपेयरिङ सेन्टर सञ्चालकसहित ७ जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 

प्रकाशित: ८ चैत्र २०८१ १६:२६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App