१७ फाल्गुन २०८२ आइतबार
image/svg+xml
राजनीति

होटेलमा टिकट बिक्री गरिरहेको भन्दै प्रदर्शनमा उत्रेका रास्वपाका कार्यकर्ता पक्राउ

होटेलमा बसेर राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने टिकट बिक्री गरिरहेको भन्दै कार्यकर्ताहरु मूल ढोकामा विरोध प्रदर्शन गरेका छन् ।  

जनकपुरधामस्थित होटेल मिथिला यात्री निवास अगाडि प्रतिनिधिसभा निर्वाचन क्षेत्र सर्लाही-३ का रास्वपा कार्यकर्ताहरु धर्ना दिएर विरोध प्रदर्शन गरिएको हो ।  

रास्वपाको उम्मेदवार छनौट प्रक्रियामा सहभागी कार्यकर्तालाई छाडेर आजै पार्टी प्रवेश गरेको डाक्टर अमरेश कुमार सिंहलाई टिकट दिएको भन्दै उनीहरूले विरोध गरेका छन् । धर्नामा बसेका कार्यकर्ताको कुरानै नसुन्नी सभापति लामिछाने होटेलबाट बाहिरएका छन् ।

विरोध प्रदर्शनमा उत्रेका सर्लाही-३ रास्वपाका कार्यकर्ता दिपक महतो चारजना धनुषा प्रहरीले नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालयमा धनुषामा लगिएको छ ।

उनीहरूले डाक्टर सिंह नेपाली कम्युनिस्ट पार्टी अध्यक्ष पुष्पकमल दाहाल  'प्रचण्डका' कार्यकर्ता रहेको आरोप लगाएका छन् । डाक्टर सिंहले सभापति लामिछानेलाई आर्थिक प्रभावमा पारेर पार्टीभित्र चलखेल गरेको आरोप समेत लगाएका हुन् ।

होटेलको मूल ढोकामा विरोध गरिरहेका कार्यकर्तालाई रास्वपाका प्रबक्ता मनिष झाले टेलिफोन गरेर सम्झाउन खोजेपनि उनीहरूले कुनै हालतमा सर्लाहीमा अमरेशलाई स्वीकार नगर्ने जवाफ दिएका छन् । त्यसपछि प्रहरीले बल प्रयोग गरेर उनीहरू प्रहरीले त्यहाँबाट लगेका हुन् ।

 

प्रकाशित: ५ माघ २०८२ २२:०२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App