मिस ! बालअधिकार कहाँ पाइन्छ?
आशाले आफ्नै मनसँग सोधिन्, ‘मैले चाहिँ किन बाल अधिकार नपाएको होला? बालअधिकार पाउन धनीको छोराछोरी भएर जन्मनु पर्ने हो कि?’
आशाले आफ्नै मनसँग सोधिन्, ‘मैले चाहिँ किन बाल अधिकार नपाएको होला? बालअधिकार पाउन धनीको छोराछोरी भएर जन्मनु पर्ने हो कि?’
‘जे मन लाग्छ, त्यो भन्ने रे’, हेमा छक्क परिन्। उनलाई त हेडमास्टरले पो के के सोध्लान र आफूले जवाफ दिनुपर्ने होला भन्ने लागेको थियो। जे मन पर्छ त्यही कुरा गर्ने भन्ने बित्तिकै उनी यति दंग परिन् कि गफ दिन थालिन्।
म सबै गुरुलाई सम्मान गरी हौसला र साथ दिनुहुन सम्वन्धित निकायलाई विनम्र अनुरोध गर्दछु। ससारका सबै गुरुप्रति नमन गर्दै उहाँहरूको सुस्वास्थ्य एवं दीर्घायूको कामना गर्दछु।
संसारकै अग्लो चुली सगरमाथा हिमाल हिउँचुलीको काखमा छ सुन्दर देश नेपाल । मुगुमा छ राराताल, पोखरामा फेवाताल गण्डकी, कोशी, कर्णाली बग्ने देश हो नेपाल ।
थरिथरिका फूलले एकताको माला गास्छौं आज हामी साना नै छौं एकदिन जून छुन्छौं अन्धकार हटाउने ज्योति बाली चेतना भर्नु छ मेचीकालीको गीत एकै भाखामा गाउनु छ बुद्धको देश हो हामीले शान्तिको कामना गर्नु छ सगरमाथाको चुचुरामा नेपालको सान अडेको छ।।
मेरो राम्रो जुत्ता तिमी कति जाति हाम्रोभन्दा पनि तिम्रो ठूलो छाती । तिमी भएपछि म त जता नि जान सक्छु ऐँसेलु नि काँडाघारीको टिपी खान सक्छु । तिमी नहुँदा खुट्टामा फोहर नि लाग्थ्यो हिलो मात्र कहाँ हो र ? काँडाले नि घोच्थ्यो । तिमी भएपछि छैन मलाई डर जहाँ जान पनि तिम्रै ठूलो भर ।
मौरीको संचार प्रकृया पनि मलाई अनौठो लाग्यो । उनीहरू एक आपसमा कुरा गरेर बाटो र साथी पत्ता लगाउँदा रहेछन् । बा भन्नुहुन्छ यिनीहरू एकपटक हिंडेको बाटो कहिल्यै बिर्सदैनन् । समूहका मिलेर बस्न नसकेपछि मौरी छुटिन्छ भन्ने कुरा बाले मलाई सिकाइदिनुभयो ।
सुन मेराे सानाे भाइ ! सुन सानी बहिनी ! हामी अब घर बाहिर जान हुन्न है नि । काेराेनाकाे भाइरस आएको छ यहाँ सर्न सक्छ राेग लाग्छ भन्नुहुन्छ आमा ।
छोरी मात्रै जन्मियो भन्दै छोराका लागि बहुविवाह गर्ने शिक्षित मान्छेहरू समाजमा धेरै छन् । छोरा सरह छोरीहरूको सबै अधिकार पूरा भएको पाइँदैन । सानैदेखि छोरीहरूले विभेद भोग्दै हुर्कनुपर्छ । अझ कतिपय त आफ्नै घरभित्र समेत सुरक्षित हुँदैनन् । जन्म दिने बाबा, आफ्ना दाजुदाइ, पुरुष नातेदार तथा शिक्षकहरूबाट समेत बालिकाहरू बलात्कार भएको घटना प्रशस्तै सुनिन्छन् । घरैभित्र हामीहरू सुरक्षित हुँदैनौं भने बाहिर झन् कसरी हुनसक्छौं ?
कोरोना र लकडाउनले सानिमाको परीक्षा पनि रोकियो। जन्मदिनको रमाइलो पनि बन्द। उपाय नै नभएपछि अस्पतालमा अस्थायी जागिरे मामुले छोरीका लागि पूरै अफिस छाड्नु परयो। त्यस अवस्थामा आमाले कोरोना र लकडाउनबारे संक्षिप्त भनेर छोरीलाई हिंड्नु नहुने कुरा भन्नुभयो । अनि यसपटक यस्तो भएकाले तिम्रो जन्मदिन घरमा अर्कै गरेर मनाउने है भनेर फकाउनुभयो। त्यसबेला अमिताले के बुझिन कोनि तर क्या बोर भो मामु भनेर सबैलाई हसाउँदै सहजै उफ्रन थालिन्।
म एक्लै सोंच्छु यो बेला मैले मेरो सानो–साने मायालाई छाड्नु परेको दिन कस्तो होला । म त्यो पल कसरी टाढिन सक्छु होला ? मेरो अवस्था कस्तो होला ? म सम्झिन नै सक्दिनं।आजकल नै हामी कुनै दिन बाहिर निस्क्यौं भने म पनि उसरी तड्पिन्छु सानो मान्छेलाई सम्झेर।
फूलबारीमा अनेक थरी फूल फुलेका छन् अनेक रंग अनेक सुगन्ध फूलले छाडेका छन् जाई जुई चमेली र मखमली छन् हाम्रा गुलाफ र सयपत्रीका फूल कति राम्रा
घरमा र बिभिन्न ठाउँमा आइसोलेशन सेन्टर बनाएका छन् नी। अनि अस्पतालमा पनि बस्छन कोहि त। अस्पतालमा ठाउँ कम हुन्छ त्यसैले भ्यान्टिलेसन भएको हावा आउने ट्वाइलेट बाथरूम एटेज भएको बेग्लै कोठामा बस्नुपर्छ । अन्य सेन्टरमा पनि त्यस्तै सुबिधाको व्यवस्था हुन्छ। त्यसबेला संक्रमित मान्छेले कडा अनुशासन पालन गर्नुपर्ने हुन्छ।