१४ चैत्र २०८२ शनिबार
image/svg+xml
राजनीति

समाजवादी युवा संघका अध्यक्ष जसपा नेपालमा फर्किए

अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) निकट समाजवादी युवा संघका केन्द्रीय अध्यक्ष मोहम्मद असलम खान पुनः जनता समाजवादी पार्टी, नेपालमा फर्किएका छन्।

शनिबार भैरहवामा आयोजित जसपा नेपाल लुम्बिनी प्रदेशको प्रथम अधिवेशनमा खानलाई पार्टीका केन्द्रीय अध्यक्ष उपेन्द्र यादव, महासचिव रामकुमार शर्मालगायतले स्वागत गरेका हुन्। 

कार्यक्रममा समाजवादी युवा संघका केन्द्रीय कोषाध्यक्ष अप्सरा नायकसहित दर्जन बढी युवा नेता तथा कार्यकर्ता जसपामा प्रवेश गरेका पार्टीका केन्द्रीय सदस्य विद्याप्रसाद यादवले जानकारी दिए।

प्रकाशित: ३० कार्तिक २०८२ ०७:५१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App