६ मंसिर २०८१ बिहीबार
image/svg+xml

लक्ष्य

नेपाली चलचित्र उद्योग नयाँ शिराबाट अगाडि बढ्यो । सोनिकालाई सबैले घरपरिवारका सदस्यले जसरी माया गर्न थाले । उनले आफ्नै देशमा कलाकारिता गर्न थालिन् । नयाँ पुस्ताका लागि सोनिका पाठ बनिन् ।

मितज्यूको बिदाइ

मदन र बकुल्लाले अङगालो मारे । सबै उडने तयारीमा लागे । मदनले आफ्नो गोजीमा राखेको सानो नेपालको झन्डा दिँदै भन्यो, ‘नेपालको नाम र झन्डा विश्वलाई चिनाउनु है मितज्यू ।’

अनलाइन लुँडो

चिया पिएपछि टिभी कोठामा गयो। जतिबेला पनि यही दिन्छ भनेर कार्टुन आइरहेको टिभी बन्द ग-यो। आमाको फोन हातमै लिएर युट्युबमा गीत हेर्न थाल्यो। गीत लगाए पनि उसको ध्यान जति सरिताको फोनको पर्खाइमै थियो।

बुद्धिमान बहादुर

बहादुर चङ्खवीरलाई कसरी बुद्धिले पछार्ने भन्ने सोच्न थाल्यो। बाँदरले मकै लिएर भाग्ने भीरमा हेर्यो। डीलमा उभिएर जताततै गौरसँग हेर्यो। बहादुरले भीरमा अरिङ्गालको ठूलो गोलो देख्यो। उसको मनमा एउटा अक्कल सुझ्यो।

कोरोनाको कहर

स्कुल नि हरायो- बन्दी घरैमा कति बाँच्ने यसरी- डरडरैमा छैन केही उपाय- त्रासै करायो पापी रैछ कोरोना- गर्नु गरायो

सुनिष्का गुरुआमा बनिन्

एकजना आगन्तुकले भन्यो, ‘अब हामी अर्कोपटक आउँदा दिदीले आफैं सही गर्नुहुनेछ । अहिले हामी जान्छौं । उनीहरू फर्केर गए । सुनिष्काले आफनी आमालाई अंगाल्दै भनिन्, ‘म मेरी आमाको गुरु बन्छु ।’

सबलाई माया गर्नुपर्छ

आऊ नानी चरीजस्तै गाउन सिकाइदिउँला छिरिबिरी पुतलीका नाना मागिदिउँला। बारुलाको राम्रो घर तिमीलाई देखाइदिउँला भमराको भुँभुँ आवाज तिमीलाई सुनाइदिउँला।

आऊ साथी

आऊ साथी आऊ फूलवारीमा जाऊ फुर्र उड्ने पुतलीसँग खेली रमाऊ आऊ साथी आऊ बगैँचामा घुम्न जाऊ चिरबिर गर्ने चराजस्तै हामी कराऊ आऊ साथी आऊ स्कुलमा पढ्न जाऊ

लकडाउनमा जुलुस

ल हिँड्नै हुन्न कसरी जानु। फेरि स्कुलमा कोही त आउँदैनन् कसरी बुझ्नु र ? बरू भरे अनलाइन ल्कासमा म्यामलाई सोध न है । म्याम कहिलेदेखि स्कुल आउने हामी भनेर। म्यामले आउनु भन्नु भो भने भोलि नै जाउला ल। छोरीलाई सम्झाउँदै फकाउँछिन् ।

सुरज उपाध्यायका तीन कविता

जानें मैले पाइताला प्याडलमा अडाउन, सिकाउनुभो आमाले मलाई साइकल गुडाउन। आफैं प्याडल ठेलेर मैले साइकल चलाएँ, एक छिन खेल्न भनेर साथीलाई नि बोलाएँ।

लकडाउनको बाटो

लकडाउनमा स्कुल जान त पाएका छैनौं । तर आफ्नै घरअगाडि बाटो बनेको र ब्याडमिन्टन खेल्न जानेको हुँदा खुसी लागेको छ । सबै जनाको मेलमिलाप भयो भने हरेक काम सजिलो हुँदो रहेछ । हामीले सामाजिक शिक्षामा पढेजस्तै टोलका सबै मान्छेमा यसैगरी मेलमिलाप भयो भने सबैतिर राम्रो काम हुन्थ्यो कि !

बालमनोविज्ञान बुझेर, बालरुचि बुझेर लेख्न सक्नुपर्छ

व्यावहारिक रूपमै सिक्ने र सिकाउने शैलीमा लेखिएका हुनुले यसबाट बालपाठकलाई पुरानो पुस्ता, संस्कृति र प्रविधिसँग जोड्ने काम पनि भैरहेको हुन्छ । बालसिर्जनामा नैतिक शिक्षा मात्रै दिएर पुग्दैन । पुस्तान्तरमा ठूलो खाडल सिर्जना हुँदै गैरहेको छ । उनीहरू संस्कार र संस्कृतिबाट टाढिदै गइरहेका छन् । हामीले यतातिर ध्यान दिएर कलम चलाउनुपर्छ ।

सिको

घामपानी सहँदै बढ बोटबिरुवा तिम्रो सिको गर्दै सेवा गर्छु म पनि ! गाँसबास देऊ हराभरा धरती तिमीजस्तै सहनशील बन्छु म पनि !ज्ञानगुण, राम्रा कुरा सिकाउनुस् गुरु, बाआमा पढिलेखी असल मान्छे बन्छु म पनि !

स्कूल जाने बेलामा ।

किताबकापी कलम । गर नानी जतन ।जान्नैपर्ने बेला यो । सिक्नैपर्ने बेला यो । बाबाआमा काममा । नजाउ भन्थे गाउँमा ।अरु साथी बोलाउ । घरमै भाइ खेलाउ । पढ्नजाने बेलामा । खाजा बोक झोलामा । रोटी पुवा हलुवा । सेल पुरी माल्पुवा । भुटीमाम समोसा ।

भय

कोरोना लागेको दुई हप्तापछि बुबाआमालाई कोरोनाको असर दखिन छोड्यो । नाक र घाँटीको स्वाब जँचाउँदा पोजेटिभ देखिन पनि सक्छ । चिन्ता नगर्नु केही समयसम्म देखापरे पनि अरुलाई चै सर्दैन । बुबाआमा निको भएपछी शिवम आमासँग लुटपुटिन थाल्यो । हिजोसम्म केही नखाने बच्चा आज त सबैकुरा खान थाल्यो । स्फूर्ति बढेर फेरि पहिलाजस्तै दौडन थाल्यो । बुबाआमालाई के होला भन्ने भयले कस्तो भएको रहेछ विचरा शिवमलाई अदितीले बुबालाई भनिन ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्