१२ असार २०८१ बुधबार
image/svg+xml
कला

सुरज उपाध्यायका तीन कविता

बाल कविता

सुरज उपाध्याय

साइकल

आज मेरो घरमा चल्यो ठूलो छलफल

त्यै भएर बाबाले ल्याइदिनु भो साइकल।

 

जानें मैले पाइताला पाइडलमा अडाउन

सिकाउनुभो आमाले मलाई साइकल गुडाउन

आफैं प्याडल ठेलेर मैले साइकल चलाएँ

एक छिन खेल्न भनेर साथीलाई नि बोलाएँ।  

 

सानै आँगन, सानै घर, खेले रमाइरमाइ

कुदाएँ मैले साइकल हेन्डिल समाइसमाइ

जान्न कतै बाहिर म खेल्छु घरमै बसेर  

खेल्ने मात्रै गर्दिन पढ्छु कम्मर कसेर।

 

असिना

आकासबाट झरेर  

ठूलो आवाज गरेर  

ठूला साना मसिना

परे आज असिना।

 

असिनाले हानेछ  

खुर्सानीको बोटमा

हिलो भयो भकारो  

पानी छि¥र्यो गोठमा।

 

कागती नि झारेछ  

सबै रित्तै पारेछ  

घिरौंलाको बिरुवा

चुटीचुटी मारेछ।  

 

यसपाली नि आमाको  

खेरै गयो पसिना

आउँछ बेला बेलामा

दुःख दिन असिना।  

 

भाइरस  

ऊ आयो सरकार  

बाहिर नजाउँ नानी

सुखदुख जे पाक्छ

घरमै बसी खानी।

 

सरकारले मोबाइलमा

खबर पनि पठायो  

हेर संसारभर नै  

भाइरसले सतायो।

 

दुःख दिन आएको  

कोरना रे यसको नाम  

भगाउन सरकारले  

गरेको छ चक्काजाम।

 

ठूलाठूला  देशमा

भएको छ झन् खती

अझैसम्म यो रोगको  

थाहै छैन ओखती।

प्रकाशित: १५ श्रावण २०७७ ०७:३६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App