२९ चैत्र २०८१ शुक्रबार
image/svg+xml १३:२९ अपराह्न
समाज

करिब एक्काइस लाख अवैध रकमसहित काठमाडौंबाट तिब्बती महिला पक्राउ

प्रहरीले करिब २१ लाख अवैध रकमसहित तिब्बती महिलालाई काठमाडौंबाट नियन्त्रणमा लिएको छ ।

तिब्बत स्थायी ठेगाना भएकी २६ वर्षीया रिक्से वाङमोलाई प्रहरीले काठमाडौं बौद्धबाट पक्राउ गरेको हो । उनी पछिल्लो समय भने भारतको सुजा मडीमा बस्दै आएकी छन् ।

हुण्डीको अवैध कारोबार भइरहेको सूचना पाएपछि प्रहरी नायव उपरीक्षक (डीएसपी) कुष्णकुमार चन्द नेतृत्वको प्रहरी वृत्त जनसेवाको टोलीले खानतलासी गर्दा उनको साथबाट २० लाख ९२ हजार रुपैयाँ र एउटा मोबाएल बरामद गरेको थियो । उनीबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित: २१ चैत्र २०८१ १८:२६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App