११ पुस २०८२ शुक्रबार
image/svg+xml
राजनीति

सूर्य थापालाई धम्कीपूर्ण 'एसएमएस' पठाउने २९ वर्षीय युवक पक्राउ

नेकपा (एमाले)का केन्द्रीय सदस्य सूर्य थापालाई एसएमएसमार्फत धम्की दिएको आरोपमा प्रहरीले एक जना युवकलाई पक्राउ गरेको छ। सो आरोपमा रुपन्देही सैनामैना नगरपालिका-११ का २९ वर्षीय प्रदीप पन्तलाई प्रहरीले पक्राउ गरेको हो।

उनले थापालाई मध्यरातमा धम्कीपूर्ण एसएमएस पठाएका थिए। थापाले समाजिक सञ्जाल फेसबुकमार्फत पन्तलाई पक्राउ गरी अनुसन्धान कार्य अघि बढाएकोमा नेपाल प्रहरीलाई धन्यवाद समेत दिएका छन्। यस्तै थापाले सामाजिक सञ्जालमा पन्त परिचय खुल्ने कागजात समेत पोष्ट गरेका छन्। 

थापाले लेखेका छन्, 'मलाई मध्यरात (११:४६ बजे) धम्कीपूर्ण एसएमएस लेखी "Life on threat cancel Rupandehi" पठाउने व्यक्तिलाई पक्राउ गरी अनुसन्धान कार्य अघि बढाएकोमा नेपाल प्रहरीलाई धन्यवाद छ। ऊ को रहेछ? हेर्नुहोला!

प्रकाशित: २९ चैत्र २०८१ १३:१२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App