१५ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
राजनीति

जुम्लामा समानुपातिकतर्फ ११ जनाको नाम सिफारिस

नेकपा एमाले जुम्लाले प्रतिनिधिसभा समानुपातिकतर्फका उम्मेदवारका लागि ११ जनाको नाम सिफारिस गरेको छ।  

जिल्ला सचिव मानबहादुर रोकायाका अनुसार जिल्लाका पदाधिकारी, स्थानीय नेता तथा प्रदेश समिति सदस्यहरूको सहभागितामा काठमाडौं र सुर्खेतमा बसेको बैठकले नाम टुंगो लगाएको हो।

खुला तर्फ राजुशरण न्यौपाने, गोर्खबहादुर बुढा, नन्दराम रोकाया र हंस रोकायाको नाम सिफारिस गरिएको छ। महिला तर्फ शान्ता शाही, मेनका रेग्मी, मेनका पछाई र पम्फी बुढालाई अघि सारिएको छ।

यसैगरी पिछडिएको क्षेत्रबाट डा. कुशेन्द्र महत र विष्णुबहादुर शाहीको नाम सिफारिस गरिएको छ भने दलित तर्फ राजकली सार्कीको नाम परेको छ।

सचिव रोकायाका अनुसार प्रत्यक्षतर्फका उम्मेदवारबारे भने पार्टीभित्र छलफल जारी छ। आगामी बैठकबाट सो विषयमा निर्णय हुने उनले बताए।

प्रकाशित: ११ पुस २०८२ २१:४५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App