नेकपा (एमाले) नेता विष्णु रिजालले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई 'पपुलिस्ट' भनेका छन्।
बिहीबार (आज) महानगरपालिका कार्यालयमा उत्पन्न तनावका प्रति लक्षित हुँदै रिजालले भनेका छन्- तीन महिना महानगर ठप्प पार्ने र नगर प्रहरी लगाएर कर्मचारीलाई रोक्ने काम कुनै नगर प्रमुखले गर्न सक्छ ? पपुलिस्टहरुले गने यस्तै स्टन्ट हो।
उनले अगाडि भनेका छन्, 'बालेन्द्र शाहलाई कुनै काम गर्नु छैन। काठमाडौँ महानगरपालिकामा उनको बहुमत पनि छैन, उनलाई नियम–कानुनको मतलब पनि छैन। खाली प्रणाली (सिस्टम) प्रति वितृष्णा उत्पन्न गराएर ध्यानाकर्षण गराउनु मात्रै उनको उद्देश्य छ। नत्र न कुनै अभियोग छ, न कुनै गल्ती छ।'
आज काठमाडौं महानगरपालिकाको कार्यालय परिसरमा तनाव सृजना भएको थियो। विवाद भएको भन्दै बालेन सरकारले पठाएका प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई प्रवेश नदिने पक्षमा थिए।
उनले उनका प्रहरीलाई पनि सोही निर्देशन दिएका थिए। तर, उपप्रमुखसहितका जनप्रतिनिधि र कर्मचारी मिलेर गुरागाईंलाई महानगर प्रवेश गराएर हाजिरसमेत गराए। यसपछि रिजालले फेसबूकमा लेखेका हुन्।
प्रकाशित: २१ चैत्र २०८१ २१:४३ बिहीबार