९ मंसिर २०८३ बुधबार
image/svg+xml

दानबहादुर कार्कीको रिटमा बहस सकियो, आदेशको तयारीमा सर्वोच्च

नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) पदबाट हटाएर प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकार बनाउने सरकारको निर्णयविरुद्ध निवर्तमान आईजीपी दानबहादुर कार्कीले दायर गरेको रिटमा सर्वोच्च अदालतमा बहस सकिएको छ।

निर्वाचन आयोगद्वारा गगन नेतृत्वको कांग्रेसलाई फेरि पनि मान्यता

निर्वाचन आयोगले नेपाली कांग्रेसका सभापति गगनकुमार थापाको नेतृत्वमा गठित नयाँ केन्द्रीय कार्यसमितिलाई फेरि पनि आधिकारिक मान्यता प्रदान गरेको छ।

विदेश पार्सल पठाउँदा ‘बार्गेनिङ’ गरी २० हजार घुस लिने हुलाकका नासुविरुद्ध मुद्दा दायर

विदेशमा सामान कुरियर गरी पठाउँदा सेवाग्राहीसँग बार्गेनिङ गरेर २० हजार रुपैयाँ घुस लिएको आरोपमा गोश्वारा हुलाक कार्यालय, पार्सल शाखा डिल्लीबजारमा कार्यरत नायब सुब्बा छबि प्रसाद रिजालसमेतविरुद्ध विशेष अदालत, काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरिएको छ।

हाम्रो सरकार आएको दिन असमान सन्धि सम्झौता खारेज गर्छौं, विदेशी ऋण लिँदैनौँ : हर्क साम्पाङ

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले आफ्नो पार्टीको सरकार बने असमान सन्धि सम्झौता खारेज गर्ने र विदेशी ऋण नलिने बताएका छन्।

सातै प्रदेशमा प्रादेशिक ‘ट्रमा सेन्टर’ स्थापना गर्छौँ : मन्त्री मेहता

यसबाट सामान्य तथा मध्यम प्रकृतिका चोटपटकको उपचार प्रदेशस्तरमै सम्भव हुने र बिरामीको रिफरल प्रणाली व्यवस्थित हुने उनको भनाइ छ।

राज्यको नजर बाहिर रहेका बालबालिकाको अवस्था पहिचान गर्न नयाँ पहल

राष्ट्रिय जनगणनाले करिब साढे ३ लाख बालबालिका वैकल्पिक हेरचाहमा रहेको तर उनीहरूको अवस्था के छ भन्ने कुरा स्पष्ट नभएकाले तथ्यांकलाई नयाँ ढंगले कोडिङ गर्न लागिएको बताए।

पाँच दिने माघी मेला अब महिनाभरको ‘रुरु महास्नान’

गुल्मी, पाल्पा र स्याङ्जाको सङ्गमस्थल रुरुक्षेत्रस्थित रिडीमा हरेक वर्ष लाग्दै आएको पाँच दिने माघी मेलालाई विस्तार गरी अब माघ महिनाभर ‘रुरु महास्नान’ सञ्चालन गरिने भएको छ।

इरानविरुद्धको युद्धका लागि जनवरीसम्म बजेट सुरक्षितः ट्रम्प

न्युयोर्क पोस्ट’ सँगको अन्तर्वार्तामा ट्रम्पले आगामी महिनासम्म सैन्य अभियानका लागि रकम उपलब्ध भए पनि राजनीतिक विरोधले त्यसलाई कमजोर बनाउन सक्ने चिन्ता व्यक्त गरेका हुन्।

आनी छोइङ डोल्माको नियुक्तिमाथि कारणसहित जवाफ दिन आदेश

अदालतले नियुक्तिविरुद्ध अन्तरिम आदेश जारी गर्ने वा नगर्ने भन्ने विषयमा छलफल गर्नसमेत विपक्षीहरूलाई बोलाएको छ।

पत्रकारको सामूहिक गिरफ्तारीको मागसहितको विरोध कार्यक्रमप्रति पूर्ण समर्थन छ : महेश बस्नेत

नेकपा एमालेका सचिव महेश बस्नेतले पत्रकारहरूले देशभर गरेको विरोध प्रदर्शनप्रति समर्थन जनाएका छन्।

विद्युत चुहावट १२.१६ प्रतिशतमा सीमित

सरकारले विद्युत चुहावट नियन्त्रणलाई तीव्रता दिएको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले विद्युत चुहावट नियन्त्रणमा उल्लेख्य प्रगति हासिल गर्दै लक्ष्य भेटाएको हो।

चिया बिक्री नभएपछि झाडीमा परिणत हुँदै

कुनै समय धनकुटाको पाख्रीबास नगरपालिका ४ र ७ को सिमानामा पर्ने राम्चेका डाँडापाखामा चियाका हरिया बोट लहलह देखिन्यो।

निर्वाचन आयोगमा कांग्रेसको २३१ सदस्यीय कार्यसमिति अद्यावधिक

निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार १५औँ महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा केन्द्रीय कार्यसमितिको विवरण अद्यावधिक भएको हो।

मुस्ताङमा विद्युत् अवरुद्ध

हुरीबतासका कारण म्याग्दी भएर मुस्ताङमा आपूर्ति हुने केन्द्रीय प्रसारण लाइनमा क्षति पुगेपछि विद्युत् अवरुद्ध बनेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्