९ पुस २०८२ बुधबार
image/svg+xml
समाज

तीनकुने घटनाका मुख्य आरोपी दुर्गा प्रसाईंलाई १२ दिन हिरासतमा राख्न अनुमति

काठमाडौं जिल्ला अदालतले चैत १५ मा तीनकुनेमा भएको हिंसात्मक राजावादी प्रदर्शनका मुख्य संयोजक दुर्गा प्रसाईंलाई १२ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ। 

भारतको आसामबाट पक्राउ परेका प्रसाईंलाई शुक्रबार नेपाल प्रहरीले काठमाडौं ल्याएर अदालतमा पेस गरेको थियो। न्यायाधीश शिशिरराज ढकालको इजलासले प्रसाईंको स्वास्थ्यलाई ध्यानमा राख्दै उपचारको व्यवस्था गर्न निर्देशन दिएको छ। 

अदालतले उनका अंगरक्षक दीपक खड्कालाई १२ दिन हिरासतमा राख्न अनुमति दिएको छ। 

उक्त प्रदर्शनमा दुई जनाको मृत्यु भएको थियो। तीनकुने क्षेत्रमा तोडफोड र आगजनीका घटना भएका थिए। यसअघि, सोही घटनामा राप्रपाका नेताहरू रवीन्द्र मिश्र र धवलशमशेर जबरा पनि हिरासतमा छन्। 

प्रकाशित: २९ चैत्र २०८१ १५:५५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App