३० फाल्गुन २०८२ शनिबार
image/svg+xml
अर्थ

लगानी वृद्धि गराउन सरकार प्रयासरत छ : अर्थमन्त्री खनाल

फाइल तस्बिर

अर्थमन्त्री रामेश्वर खनालले उद्योग र व्यापारका क्षेत्रमा लगानी वृद्धि गराउन सरकारले अनुकूल वातावरण निर्माण गरिरहेको बताएका छन्।

मोरङ उद्योग व्यापार सङ्घद्वारा आयोजित १० दिने ‘विराट ट्रेड एक्स्पो–२०२५’ को आज यहाँ उद्घाटन गर्दै उनले निजी क्षेत्रको सहयोगबिना मुलुकमा समृद्धि नआउने उल्लेख गरे।

करदाताको लागत र समय कम गराउन स्थानीय तहमा कर सेवा प्रणाली स्थापना गर्ने कार्यअन्तर्गत आज मोरङको केराबारीमा सो कार्यालय स्थापना भएको जानकारी उनले दिए।

अर्थमन्त्री खनालले आयातमा देखिएका समस्या निराकरण गर्न सरकार तत्पर रहेको बताउँदै व्यसायीलाई विश्वास गर्न सकेमा राजस्व वृद्धि हुने स्पष्ट पारे।

उनले जेनजी आन्दोलनका क्रममा मुलुकमा रु ८४ अर्बको नोक्सानी भएकाले पुनः त्यस्तो घटना दोहोरिन नदिन नागरिक सचेत हुनुपर्ने धारणा राखे।

मन्त्री खनालले सरकारले घोषणा गरेको निर्वाचन तोकिएकै समयमा हुने र यसमा शङ्का नगर्न आग्रह गरे।

कोशी प्रदेश सरकार पर्यटन, वन तथा वातावरणमन्त्री सदानन्द मण्डलले राष्ट्रिय पुँजी निर्माण गर्न पर्यटन क्षेत्रको महत्व रहेको बताए।

विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले विराट एक्स्पोले आर्थिक विकास र उद्यशीलताको विकासमा मद्दत गर्ने विश्वास व्यक्त गरे।

प्रकाशित: ९ पुस २०८२ २१:०८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App