राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक भोलि शनिबार बस्ने भएको छ।
पार्टी सभापति रवि लामिछानेको निर्देशनअनुसार सचिवालय बैठक बोलाइएको हो। पार्टीका प्रवक्ता मनिष झाले शनिबार बैठक बस्ने तय भएको जानकारी दिएका छन्।
उनका अनुसार बैठकको समय र स्थान भने सभापति लामिछानेको स्वास्थ्य अवस्था हेरेर छिट्टै सार्वजनिक गरिनेछ।
प्रवक्ता झाले बैठकको कार्यसूचीमा समानुपातिकतर्फका सांसदहरूको नाम सिफारिस गर्ने र पार्टीका आन्तरिक विधि–प्रक्रियासम्बन्धी विषयमा छलफल गर्ने एजेन्डा रहेको बताएका छन्।
प्रकाशित: २९ फाल्गुन २०८२ २१:५७ शुक्रबार





