२९ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
समाज

देशका थोरै स्थानमा वर्षा

कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित वर्षा भैरहेको मौसमविद्ले बताएका छन्। 

उदयपुर, चितवन, गोरखा लगायतका थोरै स्थानहरूमा मध्यमदेखि भारी वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विभागका अनुसार गोरखा लगायतका एकदुई स्थानमा असिना समेत परेको छ।  

मेघगर्जन चट्याङसहित पानी पार्ने बादल आकाशमा रहेकोले अझै पानी पर्ने सम्भावना रहेको भन्दै सावधानी अपनाउन विभागले अनुरोध गरेको छ । 

प्रकाशित: २८ फाल्गुन २०८२ १७:३० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App