१० पुस २०८२ बिहीबार
image/svg+xml
समाज

लागूऔषधसहित तीन जना भारतीय गाडीसहित पक्राउ

पश्चिम नवलपरासीबाट लागूऔषधसहित तीन जना पक्राउ परेका छन्। जिल्लाको पाल्हिनन्दन गाउँपालिका–३ दुर्गा मन्दिर चोकबाट शुक्रबार सशस्त्र प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो। 

पक्राउ पर्नेमा भारतका ४५ वर्षीय अमरजित हरिजन, २५ वर्षीय कपिलदेव सहानी र २१ वर्षीय दिलिप गौतम छन्। यूपी ५६ के ८६७८ र यूपी ५६ के १९५६ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई पक्राउ गरिएको हो। 

पश्चिम नवलपरासीबाट सशस्त्र प्रहरी निरीक्षक सहदेव चौधरीको कमान्डमा खटिएको टोलीले १ सय ४९ वटा प्याकेटमा रहेको ब्राउन सुगर जस्तो देखिने खैरो धुलोसहित नियन्त्रणमा लिएको सशस्त्र प्रहरी नायब उपरीक्षक एवं सह प्रवक्ता शैलेन्द्र थापाले जानकारी दिएका छन्। 

साथै उनीहरूको साथबाट अन्य सामानहरू समेत बरामद भएको छ। उनका अनुसार नियन्त्रणमा लिएका तीनै जनालाई बरामद लागूऔषधसहित आवश्यक कारवाहीको लागि सम्बन्धित निकायमा बुझाइएको छ ।

प्रकाशित: २९ चैत्र २०८१ १६:१२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App