२४ पुस २०८२ बिहीबार
image/svg+xml
Nagarik Reporter
नागरिक संवाददाता


नागरिक संवाददाताका लेखहरु :

पर्यटनलाई उद्योग सरह मान्यता माग

पर्यटन क्षेत्रलाई उद्योग सरहको मान्यता दिन यहाँका पर्यटन व्यावसायीले सरकारको ध्यानाकर्षण गराएका छन। उद्योग सरह मान्यता नपाउँदा पर्यटन क्षेत्रले सरकारी निकायबाट पाउनुपर्ने सुविधा पाउन नसकेको उनीहरुको भनाई छ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा ट्याक्सीको मनोमानी

पोखरा अन्तर्राष्ट्रिय विमानस्थबाट ट्याक्सी सेवा संचालन गरिरहेका ट्याक्सी चालकले बाहिरबाट आफन्त लिन र पुर्याउन जाने सवारी चालक र धनीलाई अभद्र व्यवहार गर्ने गरेका छन्। आफ्ना सवारी चढ्न नमानेको भन्दै ‘पिकअप’का लागि गएको सवारीमा यात्रु चढ्न नदिने तथा यात्रुमाथि अभद्र व्यवहार समेत गर्ने गरेका छन्। ट्याक्सी चालकको मनोमानीले यात्रुलाई समेत हैरानी भएको छ।

पूर्वक्षेत्रका पाहुनालाई सडक महोत्सवमा घुम्न आउन पोखराको निम्तो

पोखराको पर्यटन प्रवर्द्धन गर्नका लागि यहाँका पर्यटन व्यावसायिले पूर्वी क्षेत्रमा प्रवर्द्धनात्मक गतिविधि संचालन गरेका छन। पोखरा भ्रमण वर्ष २०२५ तथा २७ औं पोखरा सडक महोत्सवको प्रचार प्रसार एवं प्रवर्द्धनगर्ने उद्देश्यले गतिविधि संचालन गरेको व्यावसायीले बताएका छन। उक्त अवसरमा पूर्व क्षेत्रका आन्तरिक पर्यटकलाई पोखरा घुम्न बोलाएको व्यावसायीले बताएका छन्।

आरकेडी होल्डिङ्स उत्कृष्ट करदाता

आन्तरिक राजस्व कार्यालय पोखरा अन्तर्गत सबैभन्दा बढी कर दाखिला गर्ने करदाता आरकेडी होल्डिङ्स लिमिटेडलाई सम्मान गरिएको छ। सम्मानित यो कम्पनिले रियल स्टेट कारोबार गर्दै आएको छ।

मनोरञ्जनको महाभोज: दसैँमा पर्दामा फिल्मको त्रिवेणी

हालका वर्षमा चाडपर्वका समयमा नेपाली चलचित्र हेर्ने दर्शकको रुचि बढ्दो छ। विशेषगरी पारिवारिक र सामाजिक कथावस्तुमा बनेका चलचित्रलाई दर्शकले मन पराइरहेका छन्।

पोखरा भन्छः पाहुनालाई खान बस्न समस्या छैन

होटल संघ पोखराले आन्तरिक तथा बाह्य पर्यटकलाई पोखरा घुम्न आउने आग्रह गरेको छ। जेनजी आन्दोलनका बाबजुत पनि पोखरा सुरक्षित रहेकोले पाहुनालाई घुमघाम, खानपिन र बसोबासमा कुनै समस्या नरहेको संघले बताएको छ। पोखरा सुरक्षित पर्यटकीय गन्तव्य रहेको भन्दै पाहुनाको स्वागतका लागि व्यावसायी तयार रहेको पनि संघले बताएको छ।

पर्यटन क्षेत्रलाई सरकारी आश्वासनः व्यवसाय टिकाउन सस्तो ब्याजमा कर्जा

जेनजी आन्दोलनले प्रभावित भएको पर्यटन क्षेत्रको मनोवल बढाउनेगरि सरकारले आर्थिक प्याकेज ल्याउने अर्थमन्त्री रामेश्वर खनालको आश्वासनपछि पर्यटन क्षेत्र हौसिएको छ। पर्यटन क्षेत्रले भोग्नुपरेको अहिलेको अप्ठेरोलाई सरकारले सम्बोधन गर्नेगरि अर्थमन्त्रीले आश्वासन दिएपछि आफुहरु आशावादी भएको पर्यटन क्षेत्रको भनाई छ।

प्रतिगामीहरू गणतन्त्र उल्टाउन खोज्दैछन्: मुख्यमन्त्री कँडेल

अहिलेको राजनीतिक परिस्थिति खतरनाक मोडतर्फ गएको भन्दै सबै नागरिकस्तरबाटै सचेत हुनुपर्नेमा मुख्यमन्त्री कडेलले जोड दिए।

जेन-जी आन्दोलनमा प्रहरीको बन्दुक लुट्ने तीन पक्राउ

जनकपुरधामस्थित मधेश प्रदेश लोकसेवा आयोगको कार्यालयमा सुरक्षामा खटिएका प्रहरीबाट लुटिएका हतियारसहित प्रहरीले तोडफोड र लुटपाटमा संलग्न भएको आरोपमा तीन जनालाई पक्राउ गरेको छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द भएपछि हिमालयको जहाज पोखरा डाइभर्ट

जेनजी आन्दोलनले काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द भएपछि ल्हासाबाट काठमाडौं आएको हिमालय एयरलाइन्सको जहाज पोखरा डाइभर्ट भएको छ। काठमाडौंमा अवतरण गर्न नपाएपछि जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो।

पोखरामा सार्वजनिक पद ओगटेका व्यक्तिको सम्पत्ति निशानामा

जेनजी आन्दोलनले पर्यटकीय सहर पोखराको अवस्था पनि अस्तव्यस्त बनेको छ। जेनजी पुस्ताले पोखराका विभिन्न ठाउँमा आगजनी र तोडफोड गरेका छन। आन्दोलनमा उत्रेका उनीहरुले राजनीतिक दलका नेताहरु र उनीहरुका सम्पत्तिलाई लक्षित गर्दै तोडफोड र आगजनी गरेका हुन्।

उदयपुरमा भविष्यका ‘फुटबल स्टार’ को खोजी सुरु, १७ विद्यालय भिड्दै

उदयपुरमा १४ वर्ष मुनिका विद्यार्थी खेलाडीबीचको ‘एन्फा अण्डर–१४ अन्तर विद्यालय फुटवल छनौट प्रतियोगिता ०८२’ सुरु भएको छ।

श्रीमतीको शव भान्सामा गाडिएको अवस्थामा भेटियो, श्रीमान् पक्राउ

अर्घाखाँचीमा एक व्यक्तिले आफ्नै श्रीमतीको हत्या गरी शव घरको भान्साकोठामा खाडल खनेर गाडेको घटना सार्वजनिक भएको छ। श्रीमतीको हत्यामा संलग्न श्रीमान्लाई प्रहरीले पक्राउ गरी अनुसन्धान सुरु गरेको छ।

रास्वपाका नेता अरनिको पाँडेलाई चार दिन हिरासतमा राख्न अदालतको अनुमति

काठमाडौं जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य पाँडेलाई चार दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्