हिमलुङमा हराएका १६ मध्ये १५ जनाको शव भेटियो
मनाङको नार्पाभूमि गाउँपालिकामा पर्ने हिमलुङ हिमालमा गत आइतबार बिहान हिमपहिरो जाँँदा बेपत्ता भएकामध्ये अहिलेसम्म १५ जनाको शव फेला परेको छ। हिमपहिरोमा परेर अझै एकजना बेपत्ता भएको प्रहरीको भनाई छ।

मनाङको नार्पाभूमि गाउँपालिकामा पर्ने हिमलुङ हिमालमा गत आइतबार बिहान हिमपहिरो जाँँदा बेपत्ता भएकामध्ये अहिलेसम्म १५ जनाको शव फेला परेको छ। हिमपहिरोमा परेर अझै एकजना बेपत्ता भएको प्रहरीको भनाई छ।
पोखराको बाराही हस्पिटालिटी ग्रुपले प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा २० लाख ५५ हजार रुपैयाँ संकलन गरेको छ। बाराहीसँगै पोखराका अन्य होटलले पनि उक्त कोषमा रकम संकलन गरेका छन्।
कक्षाकोठा व्यवस्थापन, विद्यार्थीको सिकाईलाई प्रभावकारि बनाउने तरिका तथा विकसित प्रविधि अनुसार शिक्षण सिकाईलाई कसरी अघि बढाउने भन्ने विषयमा पछिल्लो समय अन्योल उत्पन्न हुँदै गएको छ।
रसुवा भोटेकोशीमा आएको बाढीले पीडित बनेका नागरिकको राहत, उद्धार र पुर्नस्थापनाका लागि पोखरा महानगरपालिका–७, मासवारस्थित मदरल्याण्ड माविले ८ लाख १५ हजार ५ सय ५५ रुपैयाँ आर्थिक सहयोग गरेको छ। विद्यालयले शुक्रबार प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा यो रकम जम्मा गरेको हो।
निजी हवाई कम्पनि बुद्ध एयरले सडक आवागमन सहज नहुँदासम्म न्यूनतम तथा सस्तो भाडादरमै उडान सञ्चालन गर्ने निर्णय गरेको छ।
भोटेकोशी बाढीमा अलपत्र परेका १ सय २१ जना विदेशी पर्यटकको विभिन्न ठाउँबाट उद्धार गरिएको पर्यटन बोर्डले बताएको छ। बाढीमा परेर अझै स्वदेशी र विदेशी गरि ७ सय २३ जना विदेशी पर्यटक सम्पर्कविहीन रहेका छन्। त्यस्तै नेपाल घुम्न आएका विदेशमा बस्ने नेपाली नागरिक पनि सम्पर्कविहीन छन्।
भोटेकोशी बाढीमा अलपत्र परेका १ सय २१ जना विदेशी पर्यटकको उद्धार गरिएको पर्यटन बोर्डले बताएको छ। बाढीमा परेर अझै ५ सय १७ जना विदेशी पर्यटक सम्पर्कविहीन रहेका छन्। त्यस्तै नेपाल घुम्न आएका विदेशमा बस्ने १ सय २७ जना नेपाली नागरिक पनि सम्पर्कविहीन छन्।
निजी हवाई कम्पनि बुद्ध एयरले पोखरा–नेपालगञ्ज रुटमा पुन उडान सुरु गर्ने भएको छ। यात्रु संख्या कम हुँदा यो रुटमा यसअघि उडान रोकिएको थियो। सातामा तीनदिन उडान संचालन गर्ने तयारी एयरलाइन्सको रहेको छ। भदौ ३१ गतेदेखि यो रुटमा उडान संचालन गर्ने एयरलाइन्सले बताएको छ।
विद्युतको प्रयोग बढाउन र ग्यास खपतलाई घटाउने उद्देश्य सहित पोखरा महानगरपालिका–२२ ले आफ्नो वडाका बासिन्दालाई इन्डक्सन चुल्हो वितरण गर्न थालेको छ। त्यसको सुरुवात गत सोमबारदेखि भएको छ। पहिलो दिन वडाका २ सय ३४ घरधुरीका बासिन्दाका लागि चुल्हो वितरण गरिएको छ।
पोखराको विजयपुर खोला तर्ने क्रममा शनिबारदेखि बेपत्ता भएका दुईजना बालक अझै फेला परेका छैनन्। प्रहरी र सशस्त्र प्रहरी सहित स्थानीयबासी खोजिमा खटेको भएपनि बालकहरु फेला नपरेको प्रहरीले बताएको छ।
गण्डकी प्रदेशसँग प्रविधि उद्यमशीलता, नवप्रवर्तन, रिमोर्ट वर्क तथा डिजिटल सेवाको केन्द्र बन्ने क्षमता रहेको भन्दै प्रदेशलाई ‘डिजिटल हब’ बनाउन पहल गर्न युवाहरुले सुझाएका छन्। तर त्यसमा पूर्वाधार, नीतिगत सहयोगको खाँचो रहेको उनीहरुको भनाई छ।
आफ्नो क्षेत्रभित्रका वन र नदीजन्य पदार्थ उपयोग गर्न नपाउँदा संघीयता कार्यान्वयनमा सास्ती खेप्नुपरेको गुनासो गण्डकी प्रदेशका स्थानीय तहले गरेका छन्। कानुनी जटिलताका कारण विकास निर्माणका काम रोकिएको र स्थानीय प्राकृतिक स्रोत साधनको परिचालन हुन नसकेको उनीहरुको दुखेसो छ।
मध्य मनसुनको अवधिमा पनि नेपालमा जुलाई महिनामा अघिल्लो वर्ष भन्दा केही बढि विदेशी पाहुना भित्रिएका छन्। नेपालमा हवाई माध्यमबाट मात्र यो जुलाईमा ७१ हजार ७ सय ७५ जना विदेशी पाहुना भित्रिएका छन्। जुलाईमा चिनियाँ पाहुनाको आगमनमा भने ह्वात्तै वृद्धि भएको छ। अघिल्ला वर्ष भन्दा यो मनसुनको समयमा चिनियाँको आगमनमा वृद्धि भएको छ।
पोखरा घुम्न आएका स्वदेशी तथा विदेशी पर्यटकलाई सुरक्षित भ्रमण गराउने र पर्यटन क्षेत्रको जानकारी दिलाउने उद्देश्यले एकीकृत रुपमा सूचना प्रवाह गर्न थालिएको छ। त्यसका लागि क्यूआर कोड तयार पारिएको छ। उक्त क्यूआर कोडमार्फत पर्यटकले पोखराभित्र घुमघाम गर्दा आवश्यक पर्ने सूचना र सचेतनाबारे जानकारी पाउनेछन्।
एशिया र यूरोपका विभिन्न मुलुकमा घुमाउन लैजाने भनेर प्रलोभन देखाएर ठगि गरेको आरोपमा कास्की प्रहरीले पोखराको ‘ओएसिस टुरिज्म इन्टरनेशनल’का संचालकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा एकजना नेपाली र अर्का एकजना भारतीय नागरिक रहेका छन्।
