६ मंसिर २०८१ बिहीबार
image/svg+xml
कला

सिको

बालकविता

  सुमी लोहनी

    पङ्ख फैलाई उड पुतली

   तिम्रो पछि दौडिन्छु म पनि !

       मुस्कुराउँदै फुल फूलहरू

      तिमीसँगै मुस्कुराउँछु म पनि !

आकाशधर्ती छुँदै लाग इन्द्रेणी

तिमी हेरी लक्ष्य चुम्छु म पनि !

       बगाउँदै पसीना काम गर माहुरी

       तिमीजस्तै परिश्रमी बन्छु म पनि !

घामपानी सहँदै बढ बोटबिरुवा

तिम्रो सिको गर्दै सेवा गर्छु म पनि !

        गाँसबास देऊ हराभरा धरती

        तिमीजस्तै सहनशील बन्छु म पनि !

ज्ञानगुण, राम्रा कुरा सिकाउनुस् गुरु, बाआमा

पढिलेखी असल मान्छे बन्छु म पनि !

प्रकाशित: १४ श्रावण २०७७ १०:२० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App