२८ चैत्र २०८१ बिहीबार
image/svg+xml २३:१७ अपराह्न
अर्थ

चितवनमा भोलिदेखि ‘क्यान बिटुसी समिट २०८१’

<br>

कम्प्युटर एसोसिएसन नेपाल (क्यान) महासङ्घ जिल्ला शाखा चितवनको आयोजनामा भोलि चैत २२ देखि ‘क्यान बिटुसी समिट २०८१’ हुने भएको छ।

‘चितवनको समृद्धि, सूचना प्रविधि’ नारासहित चितवन गार्डेन रिसोर्टमा दुई दिनसम्म चल्ने समिटले सूचना प्रविधि क्षेत्रका व्यवसायी, विद्यार्थी र सर्वसाधारणलाई नवीनतम प्रविधि, सफ्टवेयर र सेवाबारे जानकारी दिने लक्ष्य राखेको छ।

क्यान चितवनका अध्यक्ष विष्णु प्रसाद लामिछानेले चितवन र आसपासका जिल्लाका सूचना प्रविधि व्यवसायीबीच सम्पर्क र सम्बन्ध विस्तार गर्ने उद्देश्य रहेको बताए।

“आइटीमा युवाको आकर्षण बढ्दो छ। चितवनलाई प्रविधिको हब बनाउनुपर्छ। विदेशी कम्पनीको काम नेपालमै बसेर गर्न सकिने भएकाले यो क्षेत्रमा सम्भावना छ,” उनले भने। समिटमा १५ स्टल रहनेछन्, जहाँ विभिन्न कम्पनीले कार्यपत्र प्रस्तुत गर्नेछन्।

चितवनमा २१० कम्प्युटर व्यवसायी क्यानमा आबद्ध छन् भने सफ्टवेयर क्षेत्रमा करिब २० जना सक्रिय छन्। सचिव कृष्ण पोख्रेलका अनुसार मुख्य प्रायोजक होराइजन, सहायक प्रायोजक सफ्ट स्मार्ट, प्लाटिनम प्रायोजक टेकमाइन्ड्स नेटवर्क, डायमन्ड प्रायोजकहरू क्याउड लिङ्क एन्ड सेक्युरिटी इन्टरप्राइजेज, बेस्ट आइटी प्राइज डटकम, सिल्भर प्रायोजकहरू एस पावर, हिक-मिजन म्याक्सिमा (एक्सपर्ट ल्यापटप सोलुसन), पिनाहक, ईगल टेक नेपाल र ईभी पार्टनर स्काई वेल छन्।

सहयोगी संस्थाहरूमा स्विफ्ट टेक्नोलोजी, यु सफ्ट र एक्सप्रेस मोबाइल छन्। भरतपुर महानगरपालिका र उद्योग वाणिज्य सङ्घ चितवन प्रवर्द्धक छन्।

यसअघि २०८१ वैशाखमा क्यानले ‘क्यान इन्फोटेक टेक चितवन’ आयोजना गरेको थियो। जसमा उद्योगी-व्यवसायीलाई सफ्टवेयर र हार्डवेयर प्रदर्शन तथा आइटी अध्ययन गर्न चाहने विद्यार्थीलाई परामर्श दिइएको थियो। समिट चैत २३ मा सम्पन्न हुनेछ।

प्रकाशित: २१ चैत्र २०८१ २१:३६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App