६ फाल्गुन २०८२ बुधबार
image/svg+xml
समाज

होटलको चौथो तलाबाट लडेर कामदारको मृत्यु

मेचीनगर नगरपालिका–१० धुलाबारीमा निर्माणाधीन होटलबाट खसेर आज एक कामदारको मृत्यु भएको छ ।

न्यू इन्फ्रा हेवन कम्पनी लिमिटेडले निर्माण गरिरहेको पाँचतारे इस्टर्न होटलको चौथो तलाबाट खसेर आज साँझ ६:३० बजे सप्तरी जिल्लाको खडक नगरपालिका–१ सिसुवाबेल्हीका २१ वर्षीय कामदार नरेशकुमार मण्डल गम्भीर घाइते भएका थिए ।

घाइतेलाई तत्कालै मेची आम्दा अस्पतालमा उपचारका लागि लगिएकामा उपचारकै क्रममा साँझ ७ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी खगेन्द्रबहादुर खड्काले जानकारी दिए ।  

निर्माणाधीन भवनमा फलामको पाइप सार्ने क्रममा मण्डल चौथो तलबाट अचानक भुइँ तलामा खसेका थिए । घाइते मण्डलको शरीरको विभिन्न भागमा चोट लागेको जनाइएको छ । शव मेची आम्दा अस्पतालमा रहेको प्रहरीले जनाएको छ ।

 

प्रकाशित: २५ पुस २०८२ २२:०० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App