डा.दामोदर पुडासैनीलाई पवन आलोक नियात्रा पुरस्कार
अग्रज नियात्राकार डा.दामोदर पुडासैनीलाई ‘ग्रीष्मको नीलो बतास’ कृतिका लागि पवन आलोक नियात्रा पुरस्कार २०७८ प्रदान गरिएको छ।
अग्रज नियात्राकार डा.दामोदर पुडासैनीलाई ‘ग्रीष्मको नीलो बतास’ कृतिका लागि पवन आलोक नियात्रा पुरस्कार २०७८ प्रदान गरिएको छ।
सम्पादक सुदर्शन अधिकारीको सम्पादन तथा रेणु अधिकारी मौनताको प्रकाशनमा प्रकाशित कल्पलता द्वैमासिक साहित्यिक पत्रिकाको लोकार्पण भएको छ।
’दोखिलाले खाना पस्किदिइन्। छोरी पर बसेर पिलपिलाउँदै थिइन् अनि उनले बाबालाई दिक्दारी भावमा सोधिन्, ‘बाबा, पोथीले किन बास्नु हुँदैन!’
राधा,तिमी चिन्ता नगर। पैसा र पहुँच भएपछि सधैं आफ्नो रजाइँ हुन्छ। शक्तिको भरमा घामलाई जून र जूनलाई घाम बनाउन सकिन्छ।
बौद्धिक रूपमा नारी पनि अब्बल छन्। पुरुषभन्दा संवेदनशील भएर लेख्न सक्छन्।
साहित्यकार सुमित्रा न्यौपाने विशेषत कथा लेख्छिन्। उनको जीवनसँगी महानन्द ढकाल पनि साहित्यकार नै भएकाले अरू केही नारी लेखकलाई जस्तो उनलाई असहज छैन। यद्यपि घरपरिवार, छोराछोरी, जागिर र सामाजिक उत्तरदायित्वको कारण महिलाले हरेक चुनौतीको सामना गर्दै लेख्नुपर्ने बाध्यता छ।
लेखनका लागि मलाई घरपरिवारको पूर्ण सपोर्ट छ। घरपरिवार साथ नदिएको भए यतिबेला निष्प्राण जिन्दगी बाँच्दै हुन्थे। घरपरिवारको साथसहयोग नभएकै कारण कति महिलाको लेखन बिचमै राकिएको छ।
नारी लेखिका निरन्तर लेखिरहोस् भन्ने समाजको अपेक्षा पूरा गर्न विभिन्न संघसंस्था,स्थानीय तथा संघीय सरकारले प्रेरणात्मक भूमिका निर्वाह गर्नुपर्छ।
मृगौला रोगबाट ग्रसित पत्रकार एवं साहित्यकार बिके पाल्पाली (विजयकुमार पोखरेल)को निधन भएको छ। विगत ९ वर्षदेखि मृगौला रोगसँग लड्दै आएका उनको गए राति आफ्नै निवास भक्तपुरको सिपाडोलमा निधन भएको हो।
बालकविता बालबालिकाले बुझ्न सक्ने, उनीहरूकै भावना प्रधान भएको हुनुपर्छ। सरल भाषामा लेख्दैमा प्रौढ अनुभूति बालकविता हुन सक्दैन।
पहिलेभन्दा लेखन र पुस्तक उत्पादनको गुणस्तर पनि बढेको हामी अभिभूत गर्न सक्छौं। बालसाहित्यमा देखापरेको विकासले गर्दा प्रतिभाशाली लेखकहरूलाई यस क्षेत्रमा आकर्षित गरेको छ र थप पुस्तकहरूको प्रकाशनलाई सम्भव बनाएको छ।
श्रवण मुकारुङ, नेपाली साहित्यकाशको एक परिचित नाम। विशेषतः ‘बिसे नगर्चीको कथा’ कवितामार्फत् देश हल्लाउने सामर्थ्ययुक्त कविता जन्माउने श्रवणको परिचय कवि मात्र हैन, उनी गीतकार पनि हुन्। उनले नेपाली साहित्यका क्षेत्रमा विशिष्ट योगदान पुर्याएका छन्।
अहिले लेखक बालबालिका बन्न थालेका छन्। अहिले लेखकमा आफ्नो परम्परा चिनाउने गुणको विकास भएको छ। अहिले आफ्नो धर्म, संस्कृति, परिवेश र लयलाई महत्व दिन थालेका छन्।
गीतकारको नाम मिडियामा उच्चारण नहुँदा उनको मन दुख्छ। उनी भन्छन्, ‘गायकगायिका प्रष्ट रूपमा चिनिएर चर्चित हुन्छन् तर गीतकार सधैँ पर्दा पछाडि नै हुन्छन्। गायकगायिकाको नाम अगाडि आएर स्रष्टाको नाम पर्दा पछाडि रहेकोमा उनी गुनासो गर्छन्। त्यसकारण रचनाकार सधैं ओझेलमा परेकोमा उनलाई दुःख लाग्छ।