२३ मंसिर २०८२ मंगलबार
image/svg+xml
धर्म/संस्कृति

दसैंकाे चाैथाे दिन: आज पनि आफन्तबाट आशीर्वाद अर्पिन्दै

आश्विन शुक्ल त्रयाेदशी’ दसैंको टीकाको चाैथाे दिन आज पनि आफन्त तथा मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गरिँदै छ।

आज विशेष कारण विजयादशमीका दिन टिका ग्रहण गर्न नपाएकाहरूले आफन्त तथा मान्यजनकाे हातबाट टिका लगाउँदै छन्।

नौ दिनसम्म पूजाआराधना गरी विजयादशमीमा देवी विसर्जन गरेपछि सुरु भएको टीका लगाउने र मान्यजनबाट आशीर्वाद लिने क्रम विजयादशमी, एकादशी हुँदै कोजाग्रत पूर्णिमासम्म जारी रहन्छ। तर, ‘पश्चिम नेपालका केही जिल्ला’ मा भने विजयादशमीमा मात्रै टीका लगाइन्छ।

दसैं असत्यमाथि सत्यको विजयको प्रतीकका रूपमा  मनाइने भए पनि यसबारे अनेक भनाइ तथा किम्वदन्ती छ। दसैंलाई धेरै समय भेटघाट नभएका आफन्तहरू भेट्ने अवसरकाे रूपमा पनि लिइन्छ। दसैंको भेटघाटले एक आपसमा सद्भाव र विश्वास बढाई आत्मीय बढाउने गरेको छ।

दसैं मनाउन काठमाडौं उपत्यकाबाट ६ लाख बढी जन बाहिरिएका थिए। दसैं मानेर फर्कनेहरूले गर्दा केही दिन सुनसानिएको काठमाडौंमा भीडभाड बढ्न थालेको छ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले देवीको प्रसाद भएकाले कोजाग्रत पूर्णिमासम्म दशैंको टीका लगाउन सकिने जनाएको छ। 

प्रकाशित: १९ आश्विन २०८२ ०६:०८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App