कोशीका मुख्यमन्त्री हिक्मतकुमार कार्की प्रदेश खारेजीको पक्षमा रहेको नेपाली कम्युनिष्ट पार्टीले आरोप लगाएको छ । सोमबारको प्रदेशसभा बैठकमा नेपाली कम्युनिष्ट पार्टी संसदीय दलका तर्फबाट विशेष समय लिएर बोल्दै नेकपाका सांसद गणेश उप्रेतिले कोशी प्रदेशका मुख्यमन्त्री प्रदेश खारेजीको पक्षमा रहेको आरोप लगाएका हुन् ।
उप्रेतिले मुख्यमन्त्री कार्कीले प्रदेशको संरचना खारेज गर्न तयार छु भन्ने अभिव्यक्ति दिएर सांसद उप्रेतिले दाबी गरे । ‘प्रदेश संरचना खारेज गर्छु भन्दैगर्दा मुख्यमन्त्रीलाई नैतिकताको प्रश्न उठ्छ की उठ्दैन ?’ उनले भने । नयाँ जनादेश देखाएर मुख्यमन्त्री कार्कीले प्रदेशविरुद्ध अभिव्यक्ति दिएको भन्दै उनले सांसदको निर्वाचन प्रदेश राख्ने वा नराख्ने भन्ने जनमत संग्रह नभएको स्पष्ट पारे ।
उनले संविधान मान्न मुख्यमन्त्री कार्कीलाई आग्रहसमेत गरे । उनले केन्द्रले प्रदेश खारेज गरे प्रदेशले पनि केन्द्र खारेज गरेको अवस्थामा के होला भन्दै संघीयता विरोधी अभिव्यक्ति नदिन र द्वन्द्व ननिम्त्याउन चेतावनीसमेत दिए ।
सोमबारको प्रदेशसभा बैठकमा एमाले संसदीय दलको तर्फबाट विशेष समयमा सांसद तिलकुमार म्याङ्वोले मुख्यमन्त्री कार्कीले संघीयता विरोधि अभिव्यक्ति नदिएको दाबी गरेका थिए । उनले मुख्यमन्त्रीको भनाईलाई मिडियाहरूले बङ्ग्याएर समाचार प्रशासन गरेको बताएका थिए ।
प्रकाशित: १० चैत्र २०८२ १६:४३ मंगलबार





