१० चैत्र २०८२ मंगलबार
image/svg+xml
राजनीति

संस्कृत भाषामा शपथ लिँदै राप्रपा सांसद ओली

राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद खुश्बु ओलीले संस्कृत भाषामा पद तथा गोपनीयताको शपथ लिने भएकी छन्। संघीय संसद् सचिवालयले तय गरेको कार्यतालिका अनुसार समानुपातिक सांसद ओलीले शपथको भाषा संस्कृत रोजेकी हुन्।

यससँगै उनीसहित विभिन्न दलका करिब दुई दर्जन सांसदहरूले आफ्नो मातृभाषा वा रुचि अनुसारका भाषामा शपथ लिने विवरण बुझाएका छन्।

संसद् सचिवालयले नेपाली बाहेक अन्य भाषामा शपथ लिन चाहने सांसदहरूका लागि सोमबारसम्म नाम दर्ता गराउने समयसीमा तोकेको थियो। यस पटकको शपथ ग्रहणमा नेपाल भाषा (नेवारी), मैथिली, डोटेली, थारु, तामाङ र बान्तावा लगायतका भाषाहरू प्रयोग हुने छन्।

प्रकाशित: १० चैत्र २०८२ ०९:२८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App