२४ मंसिर २०८२ बुधबार
image/svg+xml
समाज

आमरण अनसनमा बसेका खाेटाङका नगरप्रमुखसँग सरकारी टोलीले गर्‍याे भेटवार्ता

सरकारी टोलीले सात बुँदे माग राख्दै माइतीघर मण्डलामा आमरण अनशन बसेका खोटाङ दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराईसँग भेटवार्ता गरेको छ।

सहरी विकास मन्त्रालयका उच्च अधिकारीहरूको टोली भट्टराईसँग वार्तामा माइतीघरमै पुगेका हुन्।

वार्ता टाेलीमा सहरी विकास मन्त्रालयका प्रवक्ता नारायणप्रसाद मैनाली, महानिर्देशक मच्चाकाजी महर्जन, उपमहानिर्देशक सुनिलकुमार ठाकुर र नगरपालिका संघका अध्यक्ष भीमप्रसाद ढुङ्गाना रहेका थिए।

नगर प्रमुख भट्टराईको तर्फबाट नगर उपप्रमुख विसन राईसहितको प्रतिनिधिमण्डलले वन मन्त्रालयमा गएर छलफल गर्ने तयारी गरेको छ। सरकारले वार्तामा देखाएकाे चासाेले माग पूरा हुने सम्भावना देखिएकाे छ।

बाँस उद्योगलाई प्राथमिकता, जलवायु क्षतिपूर्ति, प्रदूषण नियन्त्रण, पूर्वाधार निर्माण, वन्यजन्तु व्यवस्थापन लगायतका विषय सात बुँदे मागमा समावेश छन्। 

प्रकाशित: १४ श्रावण २०८२ १३:४२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App