२३ फाल्गुन २०८२ शनिबार
image/svg+xml
समाज

लमजुङमा जिपको ठक्करबाट पैदलयात्री गम्भीर घाइते

लमजुङको बेसीशहर नगरपालिकामा जिपको ठक्करबाट एक जना पैदलयात्री गम्भीर घाइते भएकी छन्।

बेसीशहर नगरपालिका-२ मनकामना टोलस्थित भकुण्डे–गैरी भित्री सडकखण्डमा बुधबार दिउँसो साढे ४ बजेतिर जिपले ठक्कर दिँदा सोही स्थानकी ५० वर्षीया मंगली सुवेदी गम्भीर घाइते भएकी हुन्।

प्रहरीका अनुसार भकुण्डेबाट गैरीतर्फ आउँदै गरेको ग ३ च ९१३ नम्बरको जिपले पैदल हिँडिरहेकी सुवेदीलाई ठक्कर दिएको थियो।

दुर्घटनालगत्तै गम्भीर घाइते भएकी उनलाई तत्काल उद्धार गरी उपचारका लागि प्रदेश अस्पताल लमजुङ लगिएको थियो।

तर, उनको टाउकोमा गहिरो चोट लागेको र अवस्था चिन्ताजनक रहेकाले त्यहाँ प्राथमिक उपचारपछि थप उपचारका लागि नयाँ मेडिकल कलेज, चितवन रिफर गरिएको प्रहरीले जनाएको छ।

ठक्कर दिने जिपलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने घटनाको विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

प्रकाशित: १६ फाल्गुन २०८२ २१:३७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App