४ माघ २०८२ आइतबार
image/svg+xml
अन्य

चन्द्रमामा दौडन तयार ड्रोन

यस्ताे पनि!

चन्द्रमाको दक्षिणी ध्रुव अहिलेसम्म पनि अज्ञेय ठानिदै आएको छ। यहाँका छानविन र खोज गर्नेतर्फ पछिल्लो समय चीन, भारत, अमेरिकासँगै युरोपको पनि राम्रै तयारी छ।

पछिल्लो समय अमेरिकी कम्पनी इन्टुइटिभ मसिन्सले नयाँ कीर्तिमान बनाएको छ। यो कम्पनीले चन्द्रमामा रकेट पठाउने भएको छ। चन्द्रमाको दक्षिणी ध्रुवमा यो रकेट पुग्ने छ। त्यहाँबाट गुड्ने ड्रोनको सहयोगले दक्षिणी भेग घुम्ने बताइएको छ।

ग्रेस नामक यो ड्रोन चन्द्रमाको दक्षिणी ध्रुवभन्दा १६० किमि पर पुग्ने छ। यहाँ वायुमण्डल नभएका कारण ड्रोन उड्ने छैन। यस्तोमा कुद्ने ड्रोन नै भविष्यमा चन्द्रमाजस्ता ठाउँमा खोजीका लागि नयाँ माध्यम बन्ने अपेक्षा गरिएको छ।

यो ड्रोन गुड्दै सूर्यको प्रकाश कहिल्यै नछिरेको गहिरो भूमिमा पस्ने छ। कहिलेकाहीँ यस्ता रोबोट वा ड्रोनहरू उल्टिन पुगेको खण्डमा काम गर्न नसक्ने सम्भावना हुन्छ। तर यो ड्रोन पल्टियो भने पनि आफूलाई सही तरिकाले उभ्याउने छ।

यो परियोजनाको खर्च २.६ अर्ब डलर रहेको छ। निजी कम्पनीसँग नासाले मिलेर यो परियोजना सञ्चालन गरिरहेको छ। यस्तोमा नासाको खर्च कम हुनेछ भने अन्य निजी कम्पनीलाई यसमा लगानी बढाउन उत्प्रेरित पनि गर्नेछ भन्ने अपेक्षा गरिएको छ।

जसरी अन्तरिक्ष पर्यटन अहिले सम्भावनाको क्षेत्र बनिरहेको छ, भविष्यमा चन्द्र पर्यटनको बाटो पनि खुल्ने अपेक्षाका साथ निजी कम्पनीहरूले काम गरिरहेका छन्।

अच्युत कोइराला

प्रकाशित: २३ फाल्गुन २०८१ ०८:४५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App