१९ चैत्र २०८१ मंगलबार
image/svg+xml १६:३० अपराह्न
अन्य

जुरेलीबजार नजिक मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

मदन भण्डारी लोकमार्गअन्तर्गत मकवानपुरको बकैया गाउँपालिका–४ जुरेलीबजार नजिक आज बिहान अनियन्त्रित भई मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

हात्तीसुडेबाट ठूलोदमारतर्फ गइरहेको बा४०प ५३०६ नम्बरको मोटरसाइकल  दुर्घटना हुँदा त्यसका चालक ३३ वर्षीय रूपक दियालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए। 

 प्रहरी नायब उपरीक्षक अर्यालका अनुसार दुर्घटनामा परी गम्भीर घाइते भएका दियालीलाई उपचारका लागि हेटौँडा अस्पताल ल्याउने क्रममा बाटोमै मृत्यु भएको थियो। रासस

प्रकाशित: २८ फाल्गुन २०८१ ०९:५२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App