बलिउड अभिनेता राजकुमार राव र पत्रलेखा आमाबाबु बनेका छन्। पत्रलेखाले छोरीलाई जन्म दिएकी छिन्। राजकुमारले सामाजिक सञ्जालमा पोस्ट गर्दै यो खुसीको खबर साझा गरेका हुन्।
राजकुमारले लेखेका छन्, ‘हामी धेरै खुसी छौँ, भगवानले हामीलाई छोरीको आशीर्वाद दिनुभएको छ।’ नोभेम्बर १५ मा उनीहरूको चौथो विवाह वार्षिकोत्सव परेकाले यो दिन झन् विशेष बनेको छ। उनले लेखेका छन्, ‘हाम्रो चौथो विवाह वार्षिकोत्सवमा भगवानले हामीलाई सबैभन्दा ठुलो आशीर्वाद दिनुभएको छ।’
यो पोस्टपछि फ्यान र कलाकारहरूले बधाई दिएका छन्। कोहीले ‘बधाई छ राजा जी!’ लेखेका छन् भने कोहीले ‘बलिउडको सबैभन्दा प्यारो जोडी’ भनेर शुभकामना दिएका छन्।
राजकुमार र पत्रलेखाले गत जुलाईमा नै बच्चाबारे घोषणा गरेका थिए। ११ वर्ष डेट गरेर सन् २०२१ मा विवाह बाँधेको यो जोडीले विवाहको ठीक चार वर्षमा सन्तान प्राप्त गरेका छन्।
प्रकाशित: २९ कार्तिक २०८२ ०९:३८ शनिबार





