उसलाई नजन्माउने आमा

हर्षले रोयो ऊ । उसकी सानिमा अवाक् भइन् । छोरो बनाउन जन्माउनु नै पर्छ भन्ने रहेनछ । उनलाई लाग्यो मदन उनले नजन्माएको छोरो रहेछ । मदनलाई पनि लाग्यो स्वर्गमा भएकी आफ्नी आमाले सम्पूर्ण ममत्व बोकेर सानिमाको रूपमा आफैं आइन् । दुखसुख जेहोस् जीवनमा उसले आमा भन्न पायो । ‘आमा’ पायो। अब उदाउने उषाप्रति ऊ प्रबल उत्साहित बन्यो । निशा प्रगाढ हुँदै गर्दा शून्यता बढ्दै गयो। उनीहरू त्यहाँबाट बिस्तारै निशामा अदृश्य भए ।