२२ मंसिर २०८२ सोमबार
image/svg+xml
dhurb k tamrakar
ध्रुवकृष्ण ताम्राकार


ध्रुवकृष्ण ताम्राकारका लेखहरु :

जीवन हिमालझैं मुस्कुराउँछन्!

जीवन हिमालझैं मुस्कुराउँछन्, भीर किन नहोस्, गुराँस झुलाउँछन्, जीवन न हो,जताततै फुल्छन्।

हराएको सम्बन्ध

सम्बन्ध जोगाउन खोज्दा खोज्दै पनि एकतर्फी रूपले टाढिएको थियो। मान्छेमा विवेक अनि सद्भाव हराएपछि केही नलाग्ने रै छ।

काँडासँगसँगै पनि फूल उम्रेको हुन्छ

काँडासँगसँगै पनि फूल उम्रेको हुन्छ, गुँरास नि हरेक भीरमै फक्रेको हुन्छ। जीवन सहज त हैन संघर्ष हो यार! खुकुरी चम्किन ढुङ्गामा घस्रेको हुन्छ।

स्पर्शलाई ‘स्पर्श’

कवि लाकोजूले कविताहरूमा संयोगात्मक प्रेमका फूल फूलाएका छन् भने कुनै कवितामा दुःख र पीडाका तुसारोले वसन्तमा फुलेका फूलहरू झरेका वियोगान्त भावना पोखेका छन्।

अंश

अंशको नाउँमा त्यही एउटा घर पनि लिखितै पास गरेपछि भोलि छोरा र बुहारीले निस्केर जाओ भने कहाँ जाऔं भन्दै साइँली पिराेलिंदै थिइन्।

मलाई त तिमी सधैं अँध्यारोको जून भैदिए पुग्छ!

मलाई त तिमी सधैं अँध्यारोको जून भैदिए पुग्छ, दुखजिलो भुल्ने त्यो बाँसुरीको धुन भैदिए पुग्छ। वश, एक मिठो गाँस मुस्कानैमा राख म तृप्त छु,मायाको तरकारीमा तिमी मात्र नुन भैदिए पुग्छ।

मायाका प्रतित चखेवाको जोडी देखिरहूँझैं लाग्छ!

मायाका प्रतित चखेवाको जोडी देखिरहूँझैं लाग्छ, छमछम पंख मुजुर नाचिरहेको हेरिरहूँझैं लाग्छ। जीवन साँच्चै लालीगुँरासझैं भीरमै फुलेर नै यस्तै, सुखदु:ख थाती राखेर सधै यहाँ हाँसिरहूँझैं लाग्छ।

आँखा

भर्खरै फुलिरहेकी बैंस पनि संकुचित परिवारले विधवाको नाम दिएर उनको स्वतन्त्रता हनन गरिरहेका थिए। उनी कोहीमाथि बोल्ने र खुल्ने स्वतन्त्रतालाई कथित रुढिवादी समाजले बन्देज जस्तै लगाइरहेको थियो।

खुसी छ्न् बधाईका पात्रहरू भन्छन् सधैं ताली बजिरहून्!

खुसी छ्न् बधाईका पात्रहरू भन्छन् सधैं ताली बजिरहून्, गुमानको पौरख गुनाएर चाहन्छ्न् त संसार जितिरहून्। आफ्नै उन्मत्त र उन्मादले न कसैमा सहानुभूति घेर्छन र, वश, आत्मपरस्तहरू सोच्छन् मात्र आफ्नै गान भजिरहून्!

नि:शब्द

नमरुन्जेल हाम्रो साथ छुट्नु हुन्न। तिमी नेपाल आउँदा साथीहरूसँग भेट्नुपर्छ। मेरो नजिकको साथीको नाताले रुबिना पनि तिमीलाई सम्झिरहन्छिन्।

जब दुःखमा साथ हुन्छ, मन भरिएर आउँछ!

जब दुःखमा साथ हुन्छ, मन भरिएर आउँछ,दुःखमा हात झिक्दा मनमा अँध्यारो छाउँछ। हुँदा साथ नहुँदा बात हुनु हुन्न है साथी, बाँचेसम्म न हो मरेपछि कस्ले के पाउँछ?

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्