४ जेष्ठ २०८३ सोमबार
image/svg+xml
कला/साहित्य

सुनामीका अर्थहरू

कविता

तिम्रो कोलाहलसँग

आजित भएर

मैले शुन्य एकान्तमा

एकछिन निस्वास फेर्न खोज्छु।

अनि हतासिएर

रातको अँध्यारोसँग

बह पोख्दै निदाउन खोज्थें।

ता कि

भोलिको सूर्यास्तसँग

मैले त्यो शान्त आगमनको

अधिक  चाहना गर्थें।

हो म तिम्रो भीडदेखि

किन हो

मेरो एकिन हराउँदै थियो

तिम्रो कर्कश सुनेर

मैले कान थुनिसकें

तिम्रो आडम्बरीसँग

म परिचित भैसकें

तिम्रो दिग्भ्रमित आवाज सुन्दा

ममा तर्कना बढ्छ।

त्यसैले चुपचाप मैले

मौन साधेको थिएँ।

समय त निरन्तर चल्छ।

हरेक प्रश्नले पनि

म उठ्न खोजेको थिएँ।

विद्रोह त मभित्र पनि थियो।

म भित्र पनि असन्तुष्टिको

पहाड उभेको थियो।

त्यसैले

सोचेको थिएन तिमीले पनि

आजका परिवेश अनि

सुनामीका अर्थहरू....!

प्रकाशित: २८ चैत्र २०८२ १२:१० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App