५ आश्विन २०८३ सोमबार
image/svg+xml
अपराध

पर्साबाट ३० किलो गाँजासहित तीन जना पक्राउ

प्रहरीले लागुऔषध गाँजासहित तीन जनालाई  नियन्त्रणमा लिएको छ।

लागुऔषध गाँजा ओसारपसार कार्य भइरहेको भन्ने विशेष सूचनाको आधारमा सोमबार जिल्ला प्रहरी कार्यालय मातहत इलाका प्रहरी कार्यालय पटेर्वासुगौली पर्साबाट खटिएको प्रहरी टोलीले गाँजासहित तीन जनालाई  नियन्त्रणमा लिएको हो।

पर्सा पटेर्वासुगौली गाउँपालिका–१ मलाही टोलस्थित गाँजा ओसारपसार गरिरहेको अवस्थामा भाग्दै गर्दा प्रहरीले दुई राउण्ड हवाई फायर गरी ३० केजी गाँजासहित तीन जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले जानकारी दिए।

प्रहरीले पर्सा पटेर्वासुगौली गाउँपालिका–बस्ने वर्ष ५० का महेश सहनी, ३४ बर्षका नन्दलाल सहनीलाई नियन्त्रणमा लिई थप अनुसन्धान गर्ने क्रममा सोही गाउँपालिका बस्ने वर्ष ७५ का  भुटी भन्ने भुरी चौधरीलाई समेत गाँजा ओसारपसार कार्यमा सङ्लग्न रहेको खुल्न आएकोले निजलाई समेत नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: ५ आश्विन २०८३ १४:२५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App