२० चैत्र २०८१ बुधबार
image/svg+xml १४:१६ अपराह्न
कला

आँखा

कथा

म खुसी थिएँ यस्तै आकार सम्हालेर आफ्नै मन पनि रिझाउन सकेकोमा। म अडिग छु। कसैको जीवनमा साथ दिएर हिंडिरहनुमा। अन्यथा खोक्रो सहानुभूतिमा मेरो मजाक उडाइसकेको हुन्छ यो दहर यानी संसार! नलाउनु माया लाइसकें एकपल्टको जुनीमा विश्वास दिइसकें।

भनिन्छ, बारबार हैन एकबार जीवनमा माया भइन्छ। कुरा काट्नेहरू काटेर दिन बिताइरह्यो तर मैले फर्केर सुन चाहिनन्। उनीसँगको भेट पनि अनौठो थियो। एकदिन म बाटो किनारामा एकसुरले हिंड्दै थिएँ। अचानक कसैले मेरो हात तान्यो। यसो हेर्दा बिलकुलै नजिकैबाट एउटा कार हुँइकिंदै गयो मेरो सास हुरुक्क भयो। पछाडि फर्केर हेर्दा उनले मेरो हात डरले अझै छाडेकी रहिनछ। मानौ त्यो कारले मलाई छोई नै सके जस्तो लागिन उनीलाई।

एकैक्षणमै बिस्तारै उनले हात छाडिन्।  हेर्दा हेर्दै मलाई केही नभनी उनी मेरो आँखासामुबाट ओझेल भइन्। त्यो रात निदाउनै सकिनँ। अप्रत्याशित रूपको एउटा दुर्घटनाबाट उनले मलाई बचाउँदा पनि एक शब्द धन्यवाद भन्न पनि नपाउँदा म आफूलाई धिक्कारिरहेका थिएँ। नजानिंदो मन कोसिरहें।

करिब ६ महिनापछि हाम्रै घरसामु उनी हिंडिरहेकी मैले देखें। मलाई याद छ अझै ठुलाठुला डराइरहेकी उनका आँखा अनि सुकोमल अनुहार आजसम्म पनि बिर्सन सकिरहेको थिइनँ। म दगुरेर उनको सामु उभिएँ। मलाई देखेर एकछिन त उनी अवाक् भइन्। उनले नियालेर मलाई चिन्न कोसिस गरिन्। आखिर चिनेर नै होली नजर झुकाई सर्माएर मुस्कुराउँछे।

मैले त्यो दिनको दुर्घटनाबाट हुने भवितव्य बचाइदिनुभएकोमा हृदयदेखि आभार व्यक्त के गर्न मात्र चाहेको थिएँ एक्कासि उनीसँगै आएकी आफन्त जस्तो देखिनेले दोहर्‍याएर लगिन्। उनी अलि डराएकी जस्तो देखिन्थिन्। त्यो दिन पनि उनी वास्तवमै को हुन् कहाँ रहन्छिन् भन्ने अनजान उत्सुकता ममा रहिरह्यो। म गह्राैं मन लिएर त्यसै घरमा फर्किएँ।

शायद अधुरै रहने भयो उनको र मेरो परिचय भन्दै सोचेर रात कटियो। एकदिन एउटा कार्यक्रममा छिमेकी बहिनीले नजिकै बसिरहेकी साथीसँगको भेटमा प्रसंगवश उनले एउटी विधवाको दुखलाग्दो कुरा साथीसँगै गरिरहेकी सुनेर मेरो कान ठाडो हुन्छ।

केही क्षण त्यो बहिनी एक्लै भएकी बेला मैले त्यस विधवाबारे आफ्नो कौतुहल व्यक्त गर्दा उनी वास्तवमै मेरै इर्दगिर्द घुमिरहेका उही मलाई बचाउने केटी नै रहेछिन्। उनलाई रुपा भनेर बोलाउने रै छ। उनी हाम्रै टोलभन्दा माथिल्लो टोलकी रहिछे।

बिहे भएको छ महिना नबित्दै उनको श्रीमान् बितेका्े रहेछ बाइक एक्सिडेन्ट्मा। हुन त बाइक पछाडि रुपा पनि सँगै बसेर गइरहेकी थिइन्। घटनास्थलमै रुपाको श्रीमान मरेको थियो तर रुपा भने बाँचेकी थिइन्। जिब्रोमा परेको चोटले उनको आवाज गुमेकी थियाे। श्रीमानको टाउको खाने भनी परिवारको सबैले लाञ्छना र गलौजाको चोटिलो वर्षा प्रायः गरिरहेका हुन्थ्यो। साधारण परिवारमा जन्मेकी रुपा त्यस परिवारको लाञ्छना सहनुको विकल्प उनमा थिएन।

भर्खरै फुलिरहेकी बैंस पनि संकुचित परिवारले विधवाको नाम दिएर उनको स्वतन्त्रता हनन गरिरहेका थिए। उनी कोहीमाथि बोल्ने र खुल्ने स्वतन्त्रतालाई कथित रुढीवादी समाजले बन्देज जस्तै लगाइरहेको थियो। बाहिर कतै जानै परे पनि कहिले नन्द कहिले सासूसँगै हिंडिरहेकी हुन्छे। तैपनि यदाकदा उनी एक्लै बाहिर परिवारको आँखा छलेर जान्छिन्।

यसरी जीवन रंगीन भएर पनि रंगहीन बनिरहेकी थियाे रुपाको जीवन। उनी बोल्न नसके पनि भावना पोख्न खोज्छिन् तर कसले सुन्छ्न् उनको वह? सुन्दर र सौम्य देखिने उनको अनुहारको बोली गुमेको पट्याउनै गार्हो थिए।

रुपाको जीवनको तिक्तता सुनेर पनि ममा सहानुभूति जागिरहेको थियो। हिजो आज म त्यो माथिल्लो टोलमा उनलाई एक्लै भेटिन्छ कि भनेर गइरहन्थें तर त्यस्तो मौका मैले पाइरहेका थिएनौ।

आज पनि म उतै जाँदै थिएँ। अचानक बाटोमै उनी एक्लै भेटेँ। सञ्चै छौ? उनलाई रोक्दै सहास जुटाएँ मेरो प्रुत्युत्तर दिनुभन्दा अगाडि वरिपरि आँखा घुमाउँछिन् अनि कोही चिनजान नदेख्दा आश्वस्त मन लिएर सञ्चै छु भनेर मात्र मुण्टो हल्लाउँछिन्। किनकिन उनी मेरो अनजान अनुहारमा नजानिंदो विश्वास पोखिरहेकी जस्तो लाग्यो। मलाई धेरै पहिलेदेखि नै हाम्रो सम्बन्ध भएको जस्ती उनले महसुस गरिरहेकाेमा म पनि एकछिन स्तब्ध भएँ।

म उनीप्रति किन हो आकर्षित हुँदै थियो स्वयं मलाई नै थाहा भएन। प्रायः घरको किनमेल उनी कागजमा लेखेर पसल जाने पनि गरेकी रहेछ्न्। त्यसैले होला आज संजोगले भेटेको।उनले मलाई कागजको लिस्ट देखाउँदै हतारो मन लिएर मदेखि छुटेकी थिइन्।

अब हाम्रो भेट पनि अलि बाक्लिदै थिए। उनी पनि अवसरको बहाना खोज्दै मसँग भेट्ने जमर्को गर्छिन्। मलाई उनको चार दिवारिको जीवन र कुण्ठितबाट उनलाई विधवाको जुन टिका समाजले लगायो त्यस हालतप्रति मेरो मनमा आक्रोश र रोष उर्लिरहेको थियो।

सोच्छु, अझै पनि हाम्रो समाजको सोच पुरानै सोचमै जकडिरहेको देख्दा मन उदेकलाग्दो हुन्छ जसले गर्दा विनाकारण पनि त्योसामु अनाहक दबाब भैरहेको हुन्थिन् नोकरसरह अराइपराइ सबै आफूले गरिरहेकी हुन्छिन् तर जस कहिले नपाउने रैछ। उनले कुनै पर पुरषसँग कुरा जस्तो गर्‍यो कि चरित्रहीन भन्ने आरोप लगाइन्थ्यो। त्यसैले उनीमाथि निगरानी धेरै गरिन्थें।

यसरी जवानीमा नै पाएको पीडा र अपहेलित रुपाको मन चुँडिरहेकाे थियाे। यो महसुस मैले उनीसँगको हाउभाउ र आँखाले यथार्थ पाइसकेका थिएँ। उनको जीवन एउटा ढुङ्गामाथिको फूल जस्तो देख्दा मन गह्राैं भएर आउँन्थ्यो अनि दया पनि लाग्थ्यो। आखिर उनको बाँच्ने जीवनको अंश पनि त अझै बाँकी त थियो नि। यस्तै सोच्दै म घर फर्किन्थें।

कहिलेकाहीं उनको बिडम्बना देखेर म आफैं उनको तर्फबाट विद्राेही हुन मन लाग्थ्यो तर यो कथित समाज निर्दयी हुने हुँदा मैले टुलुटुलु हेर्नुकाे विकल्प देखिएन। दुईचार दिन भयो मैले रुपालाई नदेखेको। मलाई उनीसँग भेट्ने मन तीव्र इच्छा थियो। त्यो दिन पनि बाटोमा कुरिरहेको थिएँ। झमक्क साँझ भैसक्यो रातले आफ्नो आँध्यारो पखेटा फिंजाउंदै थियो तैपनि मनमा अनेकौ तर्कना लिएर म आफ्नो नजर घुमाइरहेको थिएँ अचानक मेरो पछाडि कसैको स्पर्श लाग्यो फर्केर हेर्दा उनी पाे रहेछ।

प्रकाशित: १५ माघ २०८१ १३:२१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App