१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
bodharaj poudel
बोधराज पौडेल


बोधराज पौडेलका लेखहरु :

महाराज, निर्दोले कसरी न्याय पाउँछ?

पढेर हजारौं पुस्तकका ठेलीहरूमा,कहिल्यै प्राप्त गर्न नसकिएको एउटा ज्ञान, तपाईंले म भएर हेर्नुभयो भने,साक्षात् रूपमा देख्नुहुनेछ मैले भोगेको युग,जहाँ खुट्टा काँटेर वैशाखी र,आँखा फोडेर चश्मा दिने सरकार छ, महाराज, निर्धाेले कसरी न्याय पाउँछ?

फूलले आँखा छोपेर हेर्दैन, मुस्कुराएर हेर्छ!

फूलले आँखा छोपेर हेर्दैन, मुस्कुराएर हेर्छ, निर्धोको संगत गर्छौ, तिमीलाई कल्ले टेर्छ। के रोप्ने बगैंचामा घरको सुन्दरता निखार्न, थाहा नै होला लहराले सधैं रुखलाई बेर्छ।

सधैंझैं रंगीन छैन यो साँझ अचेल बेग्लै छ

हे प्यारी कसम सम्झिन्छु सधैं यो सन्ध्या एक्लै छ, ‘सधैं झैं रङ्गीन छैन यो साँझ अचेल बेग्लै छ। त्यो हाँसो छैन, त्यो प्यार छैन, छ बाँकी रोदन यही, हिजोझैं सुन्दर यो घर छैन, फोहोर जताततै।

कस्तो पर्‍यो पानीको पधेंरो

कस्तो पर्‍यो पानीको पधेंरो, जति बत्ती बाले नि अधेंरो, अरूको त आँगनमा फूलवारी आफ्नो भने दलानमा काँसघारी।

आगोको लप्का

बोक्न नसकेर अभावको भारी, थेग्न नसक्दा मनको पीर, गरिबको खुसी र हाँसो, कब्जा गरेर बसेको राज्यसत्ताले, आफ्नै आँखामुनिको परेला नदेखेपछि,जलेको मन सेकाउन आगोको लप्कामा जल्छ मान्छे।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्