मन्दिरमा दियो बलेको छ,फूलले मलाई घोच्न सक्छ,
आफैं सारहीन छ मान्छे भने, अरूलाई आफू जस्तै सोच्न सक्छ।
- - - - - -
कि व्यवहार फुल्नुपर्छ, कि क्षितिजझैं खुल्नुपर्छ,
सौन्दर्य धानवाला भई, पहेंलपुर झुल्नुपर्छ।
सम्हालिएर हिंड हे! प्रिय मान्छे, निर्दयी काँडाले घोच्न सक्छ,
आफैं सारहीन छ मान्छे भने,अरूलाई आफूजस्तै सोच्न सक्छ।
- - - - - -
झरेका पातहरूले पनि धर्तीको शोभा दिएका छन्,
आफूलाई छोपेर बग्ने नदीमा, के ढुंगाले जल पिएका छन्?
म भन्दै हामी बनेकाहरूले, हामीबाट मलाई रोक्न सक्छन्,
आफैं सारहीन छ मान्छे भने, अरूलाई आफू जस्तै सोच्न सक्छन्।
प्रकाशित: १० मंसिर २०८० ०८:१० आइतबार