३१ जेष्ठ २०८३ आइतबार
image/svg+xml
राजनीति

राष्ट्रिय सभाको अर्को बैठक बिहीबार बस्ने

राष्ट्रिय सभाको अर्को बैठक बिहीबार बस्ने भएको छ ।  

बुधबार बसेको बैठकमा सांसद्हरुले विविध विषयमा आफ्नो धारणा राखेका थिए । 

उनीहरुले मूल्यवृद्धि नियन्त्रण, रोजगारी सिर्जना, सुकुमवासी समस्याको दीर्घकालीन समाधान खोज्न सरकारको ध्यानाकर्षण गराएका छन् । बैठकको शून्य समयमा बोल्दै जातीय विभेदका घटना न्यूनीकरण र रुग्ण उद्योग सञ्चालनमा ध्यान दिन पनि सरकारसँग आग्रह गरेका छन्। 

अब बैठक बिहीबार फेरि बिहान ११ः१५ बजे बस्ने संसद् सचिवालयले जनाएको छ । 

प्रकाशित: ३० वैशाख २०८३ १७:०८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App