२० श्रावण २०८३ बुधबार
image/svg+xml
राजनीति

बागमतीको सत्तासमीकरणमा राप्रपा निर्णायक

बागमती प्रदेशमा नयाँ सरकार गठनको तयारी राप्रपाको निर्णयका कारण अन्योलमा परेको छ। एमालेको समर्थनमा किरण थापालाई मुख्यमन्त्री बनाउने तयारी भए पनि राप्रपाले साथ दिने वा तटस्थ बस्ने भन्ने टुंगो लागेको छैन। 

राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले आज कार्यसम्पादन समितिको बैठक बोलाएका छन् । बैठकले प्रदेश सरकारको समीकरणबारे निर्णय गर्ने बताइएको छ। 

राप्रपाका १२ सांसद रहेको बागमतीमा केही सांसद एमालेको पक्षमा देखिए पनि पार्टी नेतृत्व भने तत्काल सरकारमा सहभागी हुने पक्षमा नरहेको स्रोतको भनाइ छ। 

यता मुख्यमन्त्री इन्द्र बानियाँले सरकार जोगाउन साना दललाई साथमा ल्याउने प्रयास गरिरहेका छन् । उनले हाम्रो नेपाली पार्टीका शैलेन्द्रमान बज्राचार्यलाई भौतिक पूर्वाधारमन्त्री नियुक्त गरिसकेका छन्। राप्रपालाई समेत सरकारमा सहभागी गराउने प्रयास भइरहेको छ। 

१०४ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ५३ सांसद आवश्यक पर्छ। कांग्रेसका ३६, माओवादीका २६ र एमालेका २५ सांसद छन्। राप्रपाका १२, नेमकिपाका ३ र हाम्रो नेपाली पार्टीका २ सांसद छन्। 

नेमकिपा सरकारमा सहभागी नहुने र कुनै पक्षलाई समर्थन नगर्ने अडानमा रहेकाले बानियाँ सरकार जोगाउन थप कठिन देखिएको छ। अब बागमतीको सत्ता समीकरणमा राप्रपाको निर्णय निर्णायक बन्ने भएको छ। 

प्रकाशित: २० श्रावण २०८३ १२:४८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App