३० श्रावण २०८३ शनिबार
image/svg+xml
बजार

सुन र चाँदीको मूल्यमा भारी वृद्धि

स्थानीय बजारमा सुन र चाँदीको मूल्यमा उच्च वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो मंगलबारको तुलनामा आज बुधबार सुन र चाँदी दुवैको भाउ बढेको हो।

हिजो मंगलबार प्रतितोला दुई लाख ८३ हजार ८०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज बुधबार बढेर दुई लाख ८८ हजार रुपैयाँ पुगेको छ। यसअनुसार आज सुनको मूल्य प्रतितोला चार हजार २०० रुपैयाँले बढेको छ।

त्यसैगरी, हिजो प्रतितोला चार हजार ३८० रुपैयाँ रहेको चाँदीको मूल्य आज बढेर चार हजार ४७५ रुपैयाँ कायम भएको छ। आज चाँदीको मूल्य प्रतितोला ९५ रुपैयाँले वृद्धि भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

प्रकाशित: २० श्रावण २०८३ ११:०२ बुधबार