जान्छु भनी मायाले भन्यो,
मैले पनि रोक्नलाई सकिन।
मेरो व्यवहार चल्दैन भन्नेलाई,
जबरजस्ती गर्थे र म किन।।
एक्लै रुन्छ वनको न्याउली
मन बुझे फर्केर आउली।
डाली काटे खङ्ग्रङ्गै स्याउली
झरे पात पलाउँछ प्याउली।।
धानै काट्ने मुसा हजुर, मकै काट्ने दम्सी
सम्झाउन के खोजेथें कुट्नलाई तम्सी
मुखमा मीठो शब्द छैन हातभरि काँडा
यस्तीको पीर खेप्नुभन्दा ‘काटोस् बरु डाँडा’२।।
घाँस काट्न जाउ भन्यो दाम्लो काँटी दिन्थी
मेलापात गर्नु छैन घुर्क्याएर हिंड्थी
दोष जति सारा मेरो राम्रो जति उसको
निभ्यो भनी छोड्को त ‘दन्क्यो आगो भुसको’ २।।
कस्तो पर्यो पानीको पधेंरो
जति बत्ती बाले नि अधेंरो
अरूको त आँगनमा फूलवारी
आफ्नो भने दलानमा काँसघारी।
प्रकाशित: ८ फाल्गुन २०७९ ०४:२४ सोमबार