बालगीत ‘क का कि की’ सार्वजनिक भएको छ। गीतकार रामबाबु सुवेदीले शब्द रचना रहेका यो बाल गीतमा मिलन तिमल्सिनाको सङ्गीत छ ।
सुप्रिम मल्ल ठकुरी र टेरेशा विश्वकर्माको स्वर रहेको उक्त बाल गीतमा साक्षत नेपाल, ऐसल खनाल, तारा सिंह श्रेष्ठ, आरूशी तिमल्सिना लगायत स्वस्तिश्री गुरुकुल स्कुलका बालबालिकाले कलाकारको भूमिका निर्वाह गरेका छन् ।
बाल गीतमा आचार्य गोपालको निर्देशन र परिकल्पना, सुनील भण्डारीको छायाङ्कन, वीरबहादुर थारूको सम्पादन र रूपेश श्रेष्ठको कोरियोग्राफी छ ।
कार्यक्रममा बोल्दै बालबालिकाहरूलाई मनोरन्जनात्मक तरिकाले ‘क का कि की’ सिकाउने उद्देश्यले प्रस्तुत गीत रचिएको गीतकार रामबाबु सुवेदीले बताए । कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ साहित्यकार जलेश्वरी श्रेष्ठले बालबालिका स्वयमले खुसीसाथ अभिनय गरेको प्रस्तुत भिडियो अत्यन्तै मिठो र प्रेरणादायी बनेको बताइन् ।
प्रकाशित: १२ चैत्र २०८१ १४:३१ मंगलबार