१९ चैत्र २०८१ मंगलबार
image/svg+xml १२:३४ अपराह्न
राजनीति

प्रधानमन्त्री भन्छन्- एउटा कर्मचारी हटाउँदा कसैलाई ठूलो घाटा पर्‍यो रे, छाती पिटीपिटी रोइरहेका छन्

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ हटाइएको विषय सामान्य रहेको बताएका छन्।

बुधबार (आज) काठमाडौंमा आयोजित स्वयम्‌सेवक भेला-२०८१ लाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन्। 'यो सामान्य विषय हो। एउटा हटायो सरकारले, अर्को नियुक्ति गर्‍यो, सकियो,' उनले भने।

उनले अगाडि भने, 'सरकाले एउटा कर्मचारी निकाल्यो रे, ठूलो घाटा पर्‍यो अरे कसैलाई। उनीहरू छाती पिटीपिटी रोइरहेका छन्।'

उनले त्यही विषयलाई ठूलो मानेर संसद् अवरुद्ध गर्नु लज्जास्पद भएको पनि बताए। 'सरकारलाई काम गर्न नदिन, कानून बनाउन नदिने खेल सुरु भएको छ, यो कुरा हामीले बुझेका छौँ,' उनले भने।

प्रकाशित: १३ चैत्र २०८१ १५:३७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App