२० चैत्र २०८१ बुधबार
image/svg+xml २२:५५ अपराह्न
राजनीति

राजेन्द्रले भने: राजालाई पक्राउ गरेर देखाऊ, अनि हामी शक्ति देखाउँछौं

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले सरकारलाई पूर्वराजा ज्ञानेन्द्र शाहलाई पक्राउ गरेर देखाउन चुनौती दिएका छन्।

शनिबार पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै उनले राजसंस्था देशको आवश्यकता भएको बताउँदै सरकारको शक्ति परीक्षण गर्न यस्तो चुनौती दिएका हुन्।

लिङ्देनले तीनकुनेको प्रदर्शनमा पूर्वराजाको नाम जोडिएकोप्रति असन्तुष्टि जनाउँदै राजालाई कुनै विवादमा तान्न नहुने अडान राखे।

उनले भने, “चुनाव जित्न सजिलो होस् भनेर राजाको नाम लिएको होइन। हामीले व्यक्तिगत फाइदाका लागि राजसंस्था चाहिएको भन्या होइन। राजालाई पक्राउ गरेर देखाऊ, अनि हामी शक्ति देखाउँछौं।” उनले राजसंस्थाको पक्षमा आफूहरूको धारणा स्पष्ट रहेको र यसलाई कुनै व्यक्तिविशेषसँग नजोडिएको प्रस्ट्याए।

अध्यक्ष लिङ्देनले तीनकुने प्रदर्शनमा सरकारले हिंसा भड्काएको आरोपसमेत लगाए। उनले प्रदर्शनका क्रममा पक्राउ परेका नेताहरू रविन्द्र मिश्र, डा. धवल शमशेर राणा र अधिवक्ता स्वागत नेपाललाई २४ घण्टाभित्र बिनाशर्त रिहाइ गर्न माग गरे। “रिहाइ नभए देशभर विरोधका कार्यक्रम सुरु गर्छौं,” उनले चेतावनी दिए।

राप्रपाले सरकारको कदमविरुद्ध कडा रणनीति बनाउने र शान्तिपूर्ण आन्दोलनलाई निरन्तरता दिने जनाएको छ। लिङ्देनको यो भनाइले राजसंस्था र सरकारबीचको विवाद फेरि सतहमा आएको छ।

प्रकाशित: १६ चैत्र २०८१ १९:२५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App