ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री दीपक खड्काले नेपाल विद्युत् प्राधिकरणमा कुलमान घिसिङलाई हटाएर राम्रो र योग्य मान्छे ल्याएको बताएका छन्।
बिहीबार संसद भवन परिसरमा सञ्चारकर्मीहरूसँग छोटो कुरा गर्दै उनले यस्तो बताएका हुन्।
सञ्चारकर्मीको ‘कुलमानलाई हटाएपछि जनआक्रोश देखिएको छ नि’ भन्ने प्रश्नमा उनले भने ‘मलाई त त्यस्तो लाग्दैन। उहाँ भन्दा योग्य मान्छे राखेका छौं।’
त्यसपछिका प्रश्नमा भने उनले जवाफ दिन चाहेनन्। उनले सञ्चारकर्मीको प्रश्न हाँसेर टारिदिए।
उनको सवारीका लागि प्रहरीले स्कर्टिङ गरेको थियो।
प्रकाशित: १४ चैत्र २०८१ १७:०९ बिहीबार