१९ कार्तिक २०८३ बिहीबार
image/svg+xml
समाज

६ वटा दमकलले ४ घण्टा लगाएर निभायो जडीबुटी प्रशोधन केन्द्रको आगो

पूर्वराजाका समर्थकहरुले आज जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेडको जडिबुटीस्थित कार्यालयमा लगाएको आगो चार घण्टा पछि निभाइएको छ।

कोटेश्वरबाट भक्तपुरतर्फ आउँदै गरेको प्रदर्शनकारीले एक्कासी प्रशोधन कम्पनीमा प्रवेश गरी अपरान्ह आगजनी गरेका थिए।

आगो निभाउन परिचालित जुद्ध वारुण यन्त्र भक्तपुरका तीन वटा, काठमाडौँ महानगरपालिकाका दुई र ललितपुर महानगरपालिकाको एक गरी छ वटा दमकलले चार घण्टामा आगो निभाएको जुद्ध बरुण यन्त्र कार्यालय भक्तपुरका प्रमुख विजयप्रसाद धौभडेलले जानकारी दिए।

उनले भने, “जम्मा छ वटा दमकलले राति नौ बजे आगो निभाएर फर्कियौँ।”

उनले सन्चोलगायत जडिबुटीका औषधि बनाउदा प्रयोग हुने केमिकल बलेपछि आगो थप बढेकाले निभाउन समय लागेको बताए।

आगो निभाउन गएको जद्ध बारुण यन्त्रको एक दमकलसमेत ओन्दालनकारीले तोडफोड गरेको कार्यालय प्रमख धौभडेलले जानकारी दिए।

प्रकाशित: १५ चैत्र २०८१ २३:३२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App